काठमाडाैं । मोटरहेड ब्राण्डका नेपालका लागी आधिकारीक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेले यही माघ १९ गतेदेखि लागू हुने गरी ५ दिने एक्सचेन्ज सन्चालन गर्ने भएको छ ।
उपत्यकाभित्रका सबै शोरुमहरुमा लागू हुने गरी उक्त कार्यक्रममा कम्पनीले यस पटक पुरानो बाइकको बजार मूल्यांकनमा थप २० हजार दिने भएको छ । यस अघि कम्पनीले थप मुल्यांकनमा १५ हजार दिने गरेको थियो ।
यसका साथै उक्त पाँच दिने कार्यक्रम एक्सचेन्ज नगरी नगदमै मोटरहेडका वाइक खरीद गर्दा १० हजार छुट र फाइनान्स खरीदमा ८ हजार छुटको व्यवस्था गरेको छ ।
उपत्यकाभित्र कम्पनीको ५ ठाउँमा शोरुम रहेको छ धोबिघाट, सल्लाघारी, टेकु, चावहिल र बालाजुमा रहेको शोरुमहरुबाट आफूले पाइक पर्ने गरी यो अफरको फाइदा लिन सकिन्छ ।
बजारमा राम्रो प्रवेश गर्न सफल यस ब्राण्डका हाल ७ मोडल रहेका छन्, जसमा अफ रोड राइडका लागी स्र्पोटर्स २५०, एक्स टोर्क २५०, एमएच २०० एक्स र रोड।अफरोड दुवैलाई हुने गरी टेक्कन २५०, टेक्का २५० आर, एमएच १५० आर र स्क्रयामब्लर रहेका छन् ।
मोटरहेडका बाइकहरुको मूल्य ३ लाख ५ हजारदेखि लिएर ४ लाख ५५ हजारसम्मका रहेका छन् । कम्पनीले बिक्रिलाई सहज बनाउन र ग्राहकलाई सजिलो महसूस गराउन विभिन्न रिकण्डिसन र फाइनान्सहरुसँग सहकार्य गरी अघि बढेको जानकारी दिएको छ ।