जिप र्यांग्लरको लाइनअपमा थपियो जिप ग्लेडियटर

<p>काठमाडौं । नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिप र्यांग्लरको लाइनअपमा नयाँ जिप ग्लेडियटर थपेको छ । कम्पनीकाे अनुसार ग्लेडियटर जिपको आइकनिक र्यांग्लरमा आधारित छ र जहाँ पनि जे पनि गर्न सक्ने क्षमताकाे रहेकाे छ  । यसमा एडभान्सड टेक्नोलोजिकल फिचर र जिपको परिचित डिजाइन रहेको छ । ग्लेडियटरमा ३ं६ लिटरको पेन्टास्टार भी६ पेट्रोल इन्जिन [&hellip;]</p>

काठमाडौं । नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिप र्यांग्लरको लाइनअपमा नयाँ जिप ग्लेडियटर थपेको छ ।

कम्पनीकाे अनुसार ग्लेडियटर जिपको आइकनिक र्यांग्लरमा आधारित छ र जहाँ पनि जे पनि गर्न सक्ने क्षमताकाे रहेकाे छ  । यसमा एडभान्सड टेक्नोलोजिकल फिचर र जिपको परिचित डिजाइन रहेको छ ।

ग्लेडियटरमा ३ं६ लिटरको पेन्टास्टार भी६ पेट्रोल इन्जिन रहेकाे छ जसले २०६ किलोवाट पावर र ३२७ एनएम टर्क उत्पादन गर्दछ । कम्पनीकाे अनुसार यसको अफरोड क्षमता जिपको ‘सेलेक–ट्रयाक एक्टिभ अन–डिमान्ड ४ बाई ४ सिस्टम’ले दिन्छ । यो सिस्टमले २.७२ः१ ‘लो रेन्ज गियर रेसियो’ र ३.७३ ‘रियर एक्सल रेसियो’सहितको ‘डाना ४४ एक्सल गरी टु–स्पिड ट्रान्सफर केस अफर’ गर्छ । डियटरको ‘टोविङ’ क्षमता २७२१ केजी रहेको छ ।

यसको ‘एप्रोच एंगल’ ४०.७ डिग्री, ‘ब्रेक एंगल’ १८ं४ डिग्री, ‘डिपार्चर एंगल’ २२५.१ डिग्री र ‘ग्राउन्ड क्लेरेन्स’ २८३ एमएम रहेको छ । जिप र्यांगलरमा जस्तै यसको ‘हार्डटप’ पनि सजिलैसँग निकालेर ‘नेकेड’ बनाउन सकिन्छ जसले सहर वा ‘ट्रेल’ दुवैमा ‘ओपन एअर फ्रिडम’लाई प्रत्याभुत गर्छ ।

यसका साथै यसमा सुरक्षाका लागि यसमा ७० भन्दा बढी एक्टिभ र पेसिभ सेफ्टी एन्ड सेक्युरिटी फिचर’ रहेका छन् । साथै यसमा ग्रिडसहितको पार्कभ्यु रियर क्यामेरा, फ्रन्ट एन्ड रियर पार्क असिस्ट,इलेक्ट्रोनिक रोल मिटिगेसनसहितको इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता सुरक्षा फिचर छन् ।

ग्लेडिएटर ‘ब्ल्याक’ र ‘फायरक्रेकर रेड’मा उपलब्ध छ ।

Share News