पुस ११ गतेदेखि निसान गाडीको नेसनवाइड सर्भिस क्याम्प हुँदै

<p>काठमाडाैं । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले देशभर नेसनवाइड सर्भिस क्याम्प आयोजना गर्ने भएको छ । नेपाली सडकमा गुडिरहेका निसान गाडीको आवश्यक हेरचाह तथा मर्मत सम्भार प्रदान गर्न सो क्याम्प आयोजना गरिने कम्पनीले जनाएकाे छ । कम्पनीकाे अनुसार आगामी पुस ११ गते आइतबारदेखि प्रारम्भ भई पुस १३ गते मंगलबारसम्म हुने उक्त सर्भिस क्याम्पमा [&hellip;]</p>

काठमाडाैं । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले देशभर नेसनवाइड सर्भिस क्याम्प आयोजना गर्ने भएको छ ।

नेपाली सडकमा गुडिरहेका निसान गाडीको आवश्यक हेरचाह तथा मर्मत सम्भार प्रदान गर्न सो क्याम्प आयोजना गरिने कम्पनीले जनाएकाे छ ।

कम्पनीकाे अनुसार आगामी पुस ११ गते आइतबारदेखि प्रारम्भ भई पुस १३ गते मंगलबारसम्म हुने उक्त सर्भिस क्याम्पमा ग्राहकलाई निःशुल्क लेबर चार्ज, निःशुल्क टप वास र निःशुल्क ९० चेक प्वाइन्ट सुविधा प्रदान गरिने छ ।

त्यसैगरी एसेसरिजमा ८० प्रतिशत सम्म छुट प्रदान गरिने छ भने नियमित सेवा र उपभोग्य वस्तुहरूमा १० प्रतिशत सम्म छुट प्रदान गरिने पायोनियर मोटोकर्पले जनाएको छ ।

Share News