काठमाडाैं । भक्तपुरमा रहेका अटोमोबाइल्स व्यवसायीहरुको भेलाले दीपेन्द्र खर्वुजाको अध्यक्षतामा भक्तपुर अटोमोबाइल्स एसोसिएसन गठन गरेकाे छ ।
सात सदस्यीय एसोसिएसनको सचिवमा स्वयम्भुरत्न शाक्य, कोषाध्यक्षमा सुरेन्द्रप्रसाद प्रजापति रहेका छन् भने सदस्यहरुमा दीपेश बेजू, राजेश कवां, महेन्द्र दुवाल र रामकृष्ण श्रेष्ठ रहेका छन् ।
भक्तपुरमा अटोमोबाइल्स सम्वन्धि काम गर्ने सम्पूर्ण व्यवसायीको हकहितको लागी एसोसिएसन गठन गरेको अध्यक्ष खर्वुजाले बताए । एसोसिएसनले भावी दिनहरुमा व्यवसायीहरुको हकहितका साथै सामाजिक कामहरु पनि गर्ने योजना रहेको उनले सुनाए । साथै व्यवसायीहरुको लागि शीपमूलक तालिम दिने योजना रहेको पनि उनले बताए ।
उपभोक्ता हाम्रा देवता हुन्, अध्यक्ष खर्वुजाले भने, त्यसकारण उनिहरु नठगिउन् भन्नेमा पनि हामी विशेष ध्यान दिनेछौं ।
अटोमोबाइल्ससँंग सम्बन्धित अटोमोबाइल्स शोरुम, अटोमोबाइल्स रिकण्डिशन (एक्सचेन्ज), अटोमोवाल्स पार्ट तथा लुब्रिकेन्टस् विक्रीवितरण, मर्मत तथा वर्क सप (अटोमोबाइल्स मर्मत तथा सम्भार)मा काम गर्ने व्यवसायीहरु एसोसिएटमा आवद्ध हुनसक्ने जनाइएको छ ।