ग्राहकको रोजाईमा मोटरहेडः अब आफ्नै एसेम्बलिङ, विद्युतीय स्कुटर पनि ल्याउने याेजना

<p>काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन सञ्चालन नै नभएको समयमा विद्युतीय बाइक तथा स्कुटर नेपाल भित्र्याएको एसएलआर टेक्नो एण्ड ट्रेडले विद्युतिय सवारी ल्याउनेदेखि एसेम्बलिङ उद्योग स्थापनासम्मको तयारी थालेको छ । कम्पनीले अब नयाँ याेजना र रणनीतिका साथ अगाडि बढ्ने याेजना बनाइरहेकाे हाे । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने कार तथा दुई पाँग्रे सवारी साधनलाई विस्थापित गर्न भन्दै [&hellip;]</p>

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन सञ्चालन नै नभएको समयमा विद्युतीय बाइक तथा स्कुटर नेपाल भित्र्याएको एसएलआर टेक्नो एण्ड ट्रेडले विद्युतिय सवारी ल्याउनेदेखि एसेम्बलिङ उद्योग स्थापनासम्मको तयारी थालेको छ । कम्पनीले अब नयाँ याेजना र रणनीतिका साथ अगाडि बढ्ने याेजना बनाइरहेकाे हाे ।

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने कार तथा दुई पाँग्रे सवारी साधनलाई विस्थापित गर्न भन्दै विद्युतीय सवारी सञ्चालनमा जोड दिँदै आएको छ । आयातित वस्तुलाई विस्थापित गर्दै नेपालमा नै सवारी एसेम्बलिङ गर्नेलाई कर छुटदेखि विद्युतीय सवारी सञ्चालनका लागि आवश्यक पर्ने चार्जिङ स्टेशन निर्माणलाई सरकारले प्राथमिकता दिएपछि यस कम्पनीले पनि विद्युतिय सवारीमा जाने तयारी गरेकाे हाे ।

‘हामीले सुरुवाती चरणमा विद्युतीय स्कुटर भित्र्याएर व्यवसाय सुरु गरेका थियौँ, ६ वर्ष अगाडि नेपालमा विद्युतीय सवारी साधन सञ्चालनमा नै थिएन, नेपालमा सञ्चालनमा नरहेको साधन भित्र्याउँदा हामीले बिक्री वितरण गर्न सकेनौं र विद्युतीय स्कुटरलाई विस्थापन गर्दै पेट्रोलबाट चल्ने बाइक नेपाल ल्याएका थियौं, उनले भने ।

उनका अनुसार अहिले ६ वर्षअघिको जस्तो अवस्था छैन् । धेरै नाम चलेका कम्पनीहरुले विद्युतीय सवारीलाई प्राथमिकतामा राख्दै बजार विस्तार गर्न थालिसकेको उनको भनाई छ । ‘हामीले पनि विद्युतीय बजार राम्रो देखेका छौँ, नेपाल सरकारको निती अनुसार हामी अब छिट्टै विद्युतीय बाइक तथा स्कुटर ल्याएर बिक्री सुरु गछौँ’, उनले थपे ।

चीनमा निर्माण भएका सामग्रीको गुणस्तर पनि कम र भनेको समयमा पार्टहरु पाइँदैन भन्ने समयमा चीनमा उत्पादन भएका डट बाइक नेपाल भित्र्याएको एसएलआर कम्पनीको विगत मा अनेकन चुनौति भोग्नु परेको कम्पनीको भनाई छ ।

सुरुवाती चरणमा विद्युतीय साधन भित्र्याएर फिर्ता गरेको कम्पनीले ग्राहकको माग अनुसार डट स्पोेट्स बाइकहरु भित्र्याएको हो ।

‘हामीले पेट्रोलबाट सञ्चालन हुने बाइक तथा स्कुटरको बिक्री वितरण सुरु गर्यौं, विद्युतीय सवारीलाई विस्थापन गरी पेट्रोलियम तिर लागेको समयमा पुनः हामीले पार्टको समस्या भोग्नुपर्यो, अहिले अरु कम्पनीभन्दा पनि माेटरहेडकाे बाइकहरु ग्राहकले मन पराउँछन्,’ उनले भने ।

‘मोटरहेड कम्पनीले चीनमा उत्पादन भएका बाइकहरु नेपाल भित्र्याएर बिक्री वितरण गर्ने गरेको छ । चिनियाँ कम्पनीका बाइकहरु राम्रो हुँदैनन् भन्ने समयमा हामीले बिक्री वितरण सुरु गरेका थियौँ’, उनले भने, ‘सुरुवाती चरणमा बाइकका पार्टहरु समेत सहजै भेटिन्थेनन् ।’

अहिले कम्पनीले ग्राहकको मन जित्न सफल भएको उनको भनाई छ । उनका अनुसार कम्पनीले पछिल्लो ग्राहकको माग र रोजाई अनुसारका बाइक तथा पास्र्टहरु उपलब्ध गराउँदै आएको छ । कम्पनीले सेल्स, सर्भिस र पार्ट एकै स्थानबाट उपलब्ध हुने गरी जुम्लामा नयाँ डिलर स्थापनाको तयारी गरेको छ ।

काठमाडौं उपत्यकामा मुख्य कार्यालय धोबीघाटमा रहेको एसएलआरले बालाजु, टेकु, चावेल र सल्लाघारीमा डिलर राखेर ग्राहकलाई सेवा दिँदै आएको छ ।

कम्पनीकोे बारेमा

एसएलआर टेक्नो एन्ड ट्रेडले नेपालमा मोटरसाइकलकोे बिक्री वितरण सुरु गरेको ६ वर्ष पूरा भएको छ । विगत ६ वर्षको अवधिमा कम्पनीले विभिन्न ७ मोडलका बाइकहरु बिक्री वितिरण गर्दै आएको बताएको छ ।

सुरुवाती चरणमा विद्युतीय बाइक तथा स्कुटरको बिक्री वितरण गरेको कम्पनीले उपभोक्ताको रुची कम भएको भन्दै पेट्रोलियम बाइकहरु भित्र्याएको थियो । सुरुवाती चरणमा विद्युतीय बाइक भित्र्याएको कम्पनीले पछिल्लो समय डट बाइकको बिक्री वितरण गर्दै आएको बताएको छ ।

‘सुरुवाती चरणमा बाइक किन्न हिचकिचाउने ग्राहक अहिले हाम्रो ब्राण्डभन्दा अरु ब्राण्ड प्रयोग नै गर्दैनन्, हामीले विगत ६ वर्षको अवधिमा हासिल गरेको मुख्य उपलब्धी यही हो’, महाप्रबन्धक जोशीले भने ।

उनका अनुसार कम्पनीले विद्युतीय मोटरसाइकल ल्याएको समयमा नेपालमा त्यसको प्रयोग एकदमै न्यून थियो । प्रयोगमा नै नभएपछि आफुहरुले विद्युतीय सवारी साधन बन्द गर्नु परेको उनी अनुभव सुनाउँछनज् ।

विद्युतीय सवारीमै फर्किने

कम्पनीले पुनः विद्युतीय सवारी साधन भित्र्याउने योजना बनाएको छ । सरकारले पनि विद्युतीय सवारीलाई प्रोत्साहन गरेकोले आफुहरुले अब विद्युतीय सवारी साधन ल्याउने तयारी गरेको उनको भनाई छ ।

उनले हाल कम्पनीले बिक्री वितरण गर्दै आएको मोटरहेट ब्राण्डसँगै विद्युतीय बाइक समेत ल्याउने तयारीमा कम्पनी रहेको बताए ।

‘हामीले छिट्टै दुई पाँग्रे विद्युतीय सवारी साधन ल्याउने तयारी गरेका छौं, त्यसका लागि आवश्यक कामहरु पनि भइसकेका छन्, अहिले हाम्रो टीम ‘रिसर्च’ मै छ, अवको ५ महिनाभित्र हामीले नयाँ विद्युतीय मोटरसाइकल नेपाल भित्र्याउछौँ,’ उनले कम्पनीको योजना सुनाए ।

यस्तै, उनले कम्पनीले सरकारको निती अनुसार नेपालमै एसेम्बलिङ उद्योग सञ्चालनको तयारी पनि गरेको बताए । त्यसका लागि जग्गा खरिददेखि आवश्यक अन्य काम भइरहेको पनि जोशीले जानकारी गराए ।

‘उद्योग खोल्न समय लाग्छ, मैले यो समयभित्र हामीले एसेम्बलिङ उद्योग सञ्चालनमा ल्याउन सक्छौँ भनेर त भन्न सक्दिन, तर हामीले तयारी थालिसकेका छौँ, जतिसक्दो छिटो सञ्चालनमा ल्याउँछौँ,’ उनले थपे ।

यस्तो छ मूल्य

सुरुवाती चरणमा एमएच–१५० मोडलको बाइक नेपाल भित्र्याएको कम्पनीले हाल ७ मोडलका बाइकहरु बिक्री वितरण गर्ने गरेको छ ।

कम्पनीले हाल एमएच–१५० मोडलको बाइक ३ लाख ५ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ । यस्तै, स्पोर्टस् अफरोड टायरको ३ लाख ८६ हजार, रोड भर्सनको ३ लाख ७० हजार र एमएस २०० को ३ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले एक्स–ट्रक २५० को ३ लाख ९० हजार, टेक्कन २५० को ३ लाख ९५ हजार, टेक्कन आर २५० को ४ लाख ५ हजार र स्क्राम्बलर २५० को ४ लाख ५५ हजार रुपैयाँ मूल्य तोकेको छ ।

कम्पनीले अन्य प्रतिस्पर्धी कम्पनीको तुलनामा ग्राहकलाई सहुलियत मूल्यमा बाइकका पार्टहरु उपलब्ध गराउँदै आएको दाबी समेत गरेको छ । स्थानीय सहकारीसँगको समन्वयन गरी कम्पनीले ५० प्रतिशत डाउन पेमेन्टमा बाइकहरु बिक्री गर्दै आएको छ ।

कम्पनीले सेल्सको भोलुम पुगेपछि कम्पनीकै आफ्नै इन्भेष्टमेन्ट कम्पनी मार्फत सहज रुपमा बाइक उपलब्ध गराउने विषयमा पनि तयारी सुरु गरेको उनको भनाई छ ।

मोटरहेडको बजार

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसले मोटर साइलको बिक्री वितरणमा असर गरेको उनको भनाई छ ।

‘कोभिड–१९ महामारीको समयमा सबैलाई असर ग्र्याे, त्यो असर हामीलाई पनि पर्र्याे, तर, लकडाउन खुला भएर बजारमा चहलपहल सुरु भएसँगै बिक्री राम्रो भएको छ,’ उनले भने ।

उनका अनुसार कोभिडको नोक्सानलाई कम्पनीले दशैं तिहारमा पूर्ति गरेको छ । बाइक बिक्री मात्र भन्दा पनि बिक्री पछिलो सेवालाई कम्पनीले मुख्य प्राथमिकतामा राखेको बताउँदै उनले तयसबाट पनि कम्पनीलाई नाफा नै हुने बताए ।

कम्पनीले मोटरहेट ब्राण्डका पारखीलाई ध्यानमा राख्दै हाल उपलब्ध भएका ब्राण्ड प्रिमियम मोडलका ब्राण्डहरु ल्याउने तयारी भएको पनि योजना सुनाए

Share News