१२५ सीसीको टीभीएस रेडरको बुकिंङ्ग खुल्ला

<p>काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले टीभीएस मोटर कम्पनीको नेपाली यूवा लक्षित १२५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई–टच स्टार्ट, एनिमलिस्टिक एलईडी हेड ल्याम्प र यो श्रेणीमै पहिलो पटक अन्डर सिट स्टोरेज सुविधा पनि उपलब्ध रहेको छ [&hellip;]</p>

काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले टीभीएस मोटर कम्पनीको नेपाली यूवा लक्षित १२५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको छ ।

सार्वजनिक नयाँ स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई–टच स्टार्ट, एनिमलिस्टिक एलईडी हेड ल्याम्प र यो श्रेणीमै पहिलो पटक अन्डर सिट स्टोरेज सुविधा पनि उपलब्ध रहेको छ । जगदम्बा मोटर्सले आजैका मितिबाट नयाँ टीभीएस रेडरका लागि बुकिंङ्ग खुल्ला गरेको जानकारी दिएको छ ।

टीभीएस रेडरमा टीभीएस मोटर कम्पनीको नवप्रबर्तनात्मक डिजाइन, पृथक र बोल्ड डिजाइन थिमका साथ समाहित गरिएको छ । नयाँ मोटरसाइकलमा पृथक माचो पर्सनालिटी दिइएको छ र यसलाई अझ झल्काउनका लागि विशेष लोगोको प्रयोग गरिएको छ । यसमा रहेको बलियो र कलात्मक ट्यांकले टीभीएस रेडरलाई दरिलो मस्कुलर लुक्स प्रदान गरेको छ ।

साथै यो दैनिक राइडका लागि स्पोर्टी, कम्प्याक्ट र फुर्तिलो पनि छ । टीभीएस रेडरमा सिग्नेचर डिजाइन तत्वका रुपमा समाहित विशिष्ट हेडल्याम्प र टेल ल्याम्पले पृथकता प्रदान गर्नुका साथै पर्याप्त भिजिबिलिटी पनि प्रदान गर्छ । यसमा विशेष डिजाइन सहितको टेक्स्चर तथा फिनिस प्रयोग भएका तरुण रंगहरु बाइकको स्पोर्टी र ईनर्जेटिक डिजाइनका अभिन्न पाटो हुन् ।

टीभीएस रेडरमा १२४।८ सीसी एयर तथा आयल कुल्ड अत्याधुनिक थ्रीभी ईञ्जिनको प्रयोग गरिएको छ । यसले ६,५०० आरपीएममा ११।५ एनएम टर्क र ८००० आरपीएममा १२।९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्छ । यो मोटरसाइकलले श्रेणीमै उत्कृष्ट ० देखि ६० किलो मिटर प्रति घण्टाको एक्सिलिरेशन मात्र ५।७ सेकेण्डमा प्राप्त गर्ने क्षमता राख्छ ।

कम्पनीले यसमा ग्यास चार्जड् फाइभ स्टेप एड्जस्टेबल मोनो शक सस्पेन्शन, लो फ्रिक्शन फ्रण्ट सस्पेन्शन र स्प्लिट सिट, ५ स्पिड गियरबक्स र १७ ईञ्च अलोय चंकी फराकिलो टायरको प्रयोग गरेको छ । जसले गर्दा बाइक नियन्त्रणमा सहजता हुनुका साथै आरामदायी अनुभव पनि प्राप्त हुन्छ ।

यसमा जडित अत्याधुनिक हाई टेक ग्याजेट, रिभर्स एलसीडी डिजिटल स्पिडोमिटरले सटिक र स्पष्ट जानकारी प्रस्तुत गर्छ । यसका स्विट्च क्लस्टर, फूटपेग्स लगायत मेकानिकल विवरणहरु प्रयोगात्मक सहजता र सुविधालाई विशेष ध्यानमा राखि डिजाइन गरिएको छ ।

टीभीएस रेडरको विकास यात्रुको आरामदायीता र सहजतालाई विशेष ध्यानमा राखि गरिएको छ । टीभीएस मोटर्सको परफरमेन्स मोटरसाइकल डीएनएमा आधारित लामो ह्विलबेसमा लो सिट हाइट सन्तुलन, परफेक्ट एर्गोनोमिक्स त्रिकोण र मोनो शकले सटिक ह्याण्डलिंग र आरामदायी यात्रा अनुभव प्रदान गर्छ । अद्वितीय राइड अनुभव प्रदान गर्ने उद्देश्यका साथ यसमा श्रेणीमै पहिलो पटक सामान, हेल्मेट रिमाइन्डर र यूएसबी चार्जर लगायतका लागि अन्डर सिट स्टोरेज पनि राखिएको छ ।

टीभीएस रेडर स्ट्राइकिंग रेड, ब्लेजिंग ब्ल्यू, विकेड ब्ल्याक र फियरी यल्लो गरी चार आकर्षक रंगमा उपलब्ध छन् ।

Share News