यातायात व्यवसायीले प्रधानमन्त्रीलाई बुझाए गाडीको चाबी

<p>काठमाडौं । यातायात व्यवसायीले प्रधानमन्त्री शेरवहादुर देउवालाई गाडीको चाबी बुझाएका छन् । विभिन्न माग राख्दै व्यवसायीले आईतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरवहादुर देउवालाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएका हुन् । कोरोना विरुद्धको खोपको माग गर्दै सवारी दुर्घटनामा ट्रमा सेन्टर सरकारी अस्पतालमै उपचारको व्यवस्था गर्न, ९ वर्षदेखि भाडा समायोजन हुन नसकेको भन्दै भाडा समायोजन गर्न, [&hellip;]</p>

काठमाडौं । यातायात व्यवसायीले प्रधानमन्त्री शेरवहादुर देउवालाई गाडीको चाबी बुझाएका छन् । विभिन्न माग राख्दै व्यवसायीले आईतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरवहादुर देउवालाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएका हुन् ।

कोरोना विरुद्धको खोपको माग गर्दै सवारी दुर्घटनामा ट्रमा सेन्टर सरकारी अस्पतालमै उपचारको व्यवस्था गर्न, ९ वर्षदेखि भाडा समायोजन हुन नसकेको भन्दै भाडा समायोजन गर्न, मौद्रिक नीतिमा यातायात व्यवसायीहरुलाई थप कर्जा, पुनःकर्जा, कर्जा पुनर्तालिकीकरण सहित ब्याजमा कम्तिमा बेश रेट कार्यम गर्न, २० वर्ष पूराना गाडी विस्थापन गनरी प्राविधिक चेक जाँचको आधारमा १० वर्ष सञ्चालन अवधि थप गर्नुपर्ने माग राखेका छन् ।

यस्तै, २० लाखसम्मको बीमा निती लागु गर्न, सडक कानुन, यातायात नवीकरण अवधि २ वर्षसम्म थप गर्नुपर्ने माग राखेका छन् । व्यवसायीले आज साँझ सम्म माग सम्बोधन नभए दोस्रो चरणको कडा आन्दोलन गर्ने जनाएका छन् ।

यसअघि व्यवसायीले आन्दोलन स्वरुप सवारी साधन सडकमा उतारी यातायात कार्यालय एकान्तकुना घेराउ गरेका थिए ।

Share News