जस्तापाताको उत्पादनमा नयाँ आयाम आउँदै, जगदम्बा स्टील्सले उद्घाटन गर्यो प्रविधियुक्त फ्याक्ट्री

<p>काठमाडौं । जगदम्बा स्टील्सले आगामी उत्पादन जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको आधिकारिक उद्घाटन भएको छ । बाराको सिमरामा अवस्थित उक्त अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्रीको उद्घाटन जगदम्बा स्टील्सका संस्थापक अध्यक्ष शंकर लाल अग्रवालले गरेका हुन् । यस सिआरएम मिलको जटिल डिजाईन, जडानकार्य, कमिशनिगं यसै कम्पनीका भाईस् प्रेसिडेण्ट प्रभात मिश्राले गरेका हुन् । [&hellip;]</p>

काठमाडौं । जगदम्बा स्टील्सले आगामी उत्पादन जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको आधिकारिक उद्घाटन भएको छ । बाराको सिमरामा अवस्थित उक्त अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्रीको उद्घाटन जगदम्बा स्टील्सका संस्थापक अध्यक्ष शंकर लाल अग्रवालले गरेका हुन् ।

यस सिआरएम मिलको जटिल डिजाईन, जडानकार्य, कमिशनिगं यसै कम्पनीका भाईस् प्रेसिडेण्ट प्रभात मिश्राले गरेका हुन् । जो ग्याल्भालुम् तथा कलर कोटिङ्घ उत्पादन प्रबिधिमा बिज्ञ छन् ।

जगदम्बा स्टील्सले नेपाली बजारमा ग्याल्भल्युम रंगीन तथा सादा जस्ता पाता भित्र्याउने तीव्र तयारी गरिरहेको कम्पनीले केही समय यता जानकारी दिँदै आएको थियो । जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस जस्तापाताको उत्पादनमा नयाँ आयाम खडा गर्ने कुुरामा कम्पनी विश्वस्त छ ।

विभिन्न रंगहरुको विकल्पमा उपलब्ध जस्तापातालाई सुपर शाइन र उही विशेषता तर सादा रंगमा उपलब्ध जस्तापातालाई ग्याल्भा प्लस नाम दिइएको हो । नेपालको पहिलो पूर्ण स्वचालित गाल्भल्युुम लाईन प्रविधिबाट उत्पादन हुुने जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस अन्य साधारण जस्ता पाताको तुुलनामा अत्यधिक मजबुुत र टिकाउ हुने जानकारी दिएको छ ।

Share News