काठमाडाैं । जगदम्बा माेटर्सले भर्चुअल रुपमा प्राेटाेन एक्स ७० सार्वजनिक गरेकाे छ । कम्पनीले बुधबार भर्चुअल माध्यमबाट चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको नेपालमा निकै नै उत्साहका साथ लिइएको बहु–प्रतिक्षित मोडल सार्वजनिक गरेकाे हाे हाे ।
समारोहको उद्घाटन शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले गरेकाे थिए । उनले उक्त गाडीकाे उद्घाटन गर्दै प्राेटान एक्स ७० मलेशियामा मात्र नभई संसारका धेरै मुलुकहरुमा ख्याती र सफलता हात पारेको एस.यु.भि रहेको र यसले नेपालमा समेत अवस्य सफलता हासिल गर्ने बताए ।
उनले प्रोटोनको माध्यमबाट कम्पनीको सफलताको एउटा नयाँ कथा कोर्न चाहेकाे बताए ।
‘हामी चाडैँ नै प्रोटोनको सेल्स र सर्भिसलाई डिलरमार्फत मुलुकभर पुर्याउने छौँ र प्रोटोनलाई मुलुककै एउटा शिर्ष अटोमोबाइल कम्पनी बनाउनमा हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्ने छौं,’ उनले भने ।
प्रिमियम इन्टेलिजेन्ट एस्युभीको नामबाट प्रसिद्धि कमाएको यस गाडीमा रहेको रहेको ‘इन्टेलिजेन्ट कि’ ले ढोका बन्द गर्ने र खोल्ने काम सजिलै गर्दछ र यदि ढोका राम्रोसँग लक भएको छैन भने त्यसको सुचना दिई गाडीभित्र रहेको सामान चोरी हुन वा हराउनबाट जोगाउँदछ ।
यसमा रहेको अत्याधुनिक भोइस कमान्ड सिस्टमले गाडी भित्र चालक र यात्रुले हातले गर्नुपर्ने अधिकांश कामलाई बोलीको भरमा निप्ट्याउन सहयोग पुर्याउँदछ। भोइस कमान्ड सिस्टमले एयर कन्डिसनर कन्ट्रोल, समय, फोनकल, आफुले चाहेको संगीत सुन्ने, एसियाली मानिसको पहिचान, गाडीका बिभिन्न फिचर्सबारे सोधपुछदेखि लिएर गाडीको पुरै सिस्टम कन्ट्रोल गर्न सक्नेसम्म काम गर्दछ ।
यस गाडीमा अत्याधुनिक मोबाइल कनेक्टिभिटि टेक्नोलोजी समेत जडित रहेको छ, जस अन्तर्गत चालकले सिस्टममा आफ्नो मोबाइल फोन कनेक्ट गरेर नेभिगेसन, फोन, म्युजिक र अन्य सेवाको उपयोग गर्न सक्नेछन ।
सुरक्षाका अत्याधुनिक फिचर्सहरु समाहित गरेर तयार गरिएको यस एसयुभीमा रहेको एड्भान्स ड्राइभर एसिस्ट सिस्टम अन्तर्गत रहेको थ्री डि होलोग्राफिक डिटेक्सन सिस्टममा २ ओटा सेन्सर, ५ ओटा क्यामेरा र ९ ओटा राडर रहेका छन् जुन इन्टेरियर लाइटिङ्ग र गाडीको आवाजसँग जाेडिएका छन् । यसले आउने अफ्ट्यारो परिस्थितिको चेतावनी दिइ रहन्छ ।
यसैगरी यसमा रहेको प्रि कोलिजन सेफ्टी सिस्टम र अटोनोमस इमर्जेन्सी ब्रेकिङ्ग सिस्टमले बाटोका ट्राफिक स्थितिलाई डिटेक्ट गर्दछ र यदि कुनै वस्तु सँग ठोक्किन लागेको छाल पाएमा ड्राइभरलाई चेतावनी समेत प्रदान गर्दछ।
यस गाडी क्षमताको दृष्टिकोणले समेत अधिक शक्तिशाली रहेको छ। यसमा उच्चस्तरीय अन्तराष्ट्रिय कम्पनी भल्भोसँग मिलेर प्रोटोनले संयुक्त रुपमा यसमा रहेको १.५ लिटरको टर्बोचार्ज्ड ग्यासोलाइन डाइरेक्ट इन्जेक्सन (टि.जि.डि.आइ) थ्री सिलिन्डर इन्जिन समाहित रहेको छ जसले कम तेल खपत, कम फ्रिक्सन क्षती, छिटो रेस्पोन्स र गज्जबको ड्राइभिङ् अनुभव प्रदान गर्दछ । यसले अधिकतम तर्क भने १५ सय –४ हजार आर.पि.एममा प्रदान गर्दछ।
५–स्टार सेफ्टी रेटिङ्ग पाएको यस गाडीको ५ वर्ष अथवा १ लाख ५० हजार कि.मि वारेन्टी रहेको छ । यसको सुरुवाती रकम भने हाललाई ८६ लाख ९९ हजार राखिएको छ।