एसयुभी र पिकअप ट्रकसहित चिनियाँ कम्पनी ग्रेट वाल मोर्टस नेपाली बजारमा प्रवेश

<p>काठमाडौं । विश्वविख्यात अटोमोबाइल ब्राण्ड ग्रेट वाल मोर्टस आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ । यस बहुप्रतिक्षित ब्रान्डले आफ्नो प्रिमियम उत्पादनहरुका साथ अन्ततः नेपालको अटोमोबाइल क्षेत्र प्रवेश गर्ने बाटो खोलेको छ । नेपालमा आफ्नो उपस्थिति ग्रेट वाल मोर्टसले तीन गाडीहरुबाट सुरु गरेकाे छ, जसमा एसयुभि वर्गमा र्थड जेनरेसन हाभेल एचसिक्स र हाभेल जोलयिन छ [&hellip;]</p>

काठमाडौं । विश्वविख्यात अटोमोबाइल ब्राण्ड ग्रेट वाल मोर्टस आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ । यस बहुप्रतिक्षित ब्रान्डले आफ्नो प्रिमियम उत्पादनहरुका साथ अन्ततः नेपालको अटोमोबाइल क्षेत्र प्रवेश गर्ने बाटो खोलेको छ ।

नेपालमा आफ्नो उपस्थिति ग्रेट वाल मोर्टसले तीन गाडीहरुबाट सुरु गरेकाे छ, जसमा एसयुभि वर्गमा र्थड जेनरेसन हाभेल एचसिक्स र हाभेल जोलयिन छ भने, पकिअप वर्गमा पिओइएर रहेको छ । दुवै मोडलहरुको लुक, इन्टरियर स्पेश र समग्र क्षमता र सुरक्षालाई ध्यानमा राखी विस्तृत रुपमा रिडिजाइन गरिएको कम्पनीले जनाएकाे छ ।

नेपालको लागि ग्रेट वाल मोर्टसको आधिकारिक आयातकर्ता र बिक्रेता भिजि इम्पेक्स प्राइभेट लिमिटेड रहेको छ । कम्पनीले हाल बजारको अवस्थालाई मध्यनजर गर्दै चाँडै नै भर्चुअल कार सोकेसहोस्ट गर्ने भएको छ ।

राम्रो बनावट र प्रिमियम विशेषताले भरिपुर्ण थर्ड जेनेरेसन ह्याभेल सिक्समा शक्तिशाली २.० लिपेट्रोल टर्बो इन्जिन रहेको छ । त्यसैगरी ह्याभल जाेलिन लि पेट्रोल टर्बो इन्जिन र पिओएआर २.० लि डिजल टर्बो इन्जिन रहेको छ ।

कम्पनीकोे सोरुम थापाथलीमा रहेकाे  छ ।

कम्पनीले जिडब्लुएमको लोकप्रिय गाडी विङ्गल पिकअप पनि छिट्टैै नै बजारमा ल्याउने तयारीमा रहेको जानकारी दिएकाे छ ।

ग्रेट वाल मोर्टस पिकअप ट्रकको ग्लोबल निर्माता हो । धेरै वर्षसम्म एसयुभि र पिकअपहरुले लगातार चिनियाँ बजारको बिक्रीमा नेतृत्व गरिरहेको छ । चीनबाट विश्वमा आफ्नो उपस्थिति जनाउने यो पहिलो चिनियाँ अटो व्यवसाय हो ।

कम्पनीले १९९८ देखि एसयुभि र पिकअप ट्रक निर्यात गर्न सुरु गरेको थियो । चीन बाहेक यस कम्पनीले ६० भन्दा बढी देशहरुमा ५०० भन्दा धेरै वितरकहरुको अन्तर्राष्ट्रिय नेटवर्क मार्फत आफ्ना उत्पादनहरु वितरण गर्दछ ।

 

Share News