दुग्ध उद्योगलाई ५० प्रतिशत विद्युत महसुल छुटकाे सिफारिस, १८ करोड ३२ लाख रुपैयाँको राहत

<p>काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले .दुग्ध उद्योगहरुलाई ५० प्रतिशत विद्युत महसुल छुट दिन सिफारिस गरेको छ । बोर्डले निजी, सहकारी तथा साझेदारी फर्ममार्फत हाल सञ्चालनमा रहेका ४ सय हाराहारीका दुग्ध चिस्यान केन्द्र तथा दुग्ध रिफाइनरी उद्योगहरुलाई ५० प्रतिशत छुटका दरले कुल १८ करोड ३२ लाख ५२ हजार ८३३ रुपैयाँ छुट दिन कृषि तथा पशुपन्छी [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले .दुग्ध उद्योगहरुलाई ५० प्रतिशत विद्युत महसुल छुट दिन सिफारिस गरेको छ । बोर्डले निजी, सहकारी तथा साझेदारी फर्ममार्फत हाल सञ्चालनमा रहेका ४ सय हाराहारीका दुग्ध चिस्यान केन्द्र तथा दुग्ध रिफाइनरी उद्योगहरुलाई ५० प्रतिशत छुटका दरले कुल १८ करोड ३२ लाख ५२ हजार ८३३ रुपैयाँ छुट दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मुलुकको होटल, रेष्टुरेन्ट, शैक्षिक संस्था, पसल लगायत सर्वसाधारणहरूको चलायमान हुनु पर्ने प्रायः सबै क्षेत्र ठप्प हुँदा दूध तथा दुग्ध पदार्थको खपतमा निकै कमि आएकाले सो क्षेत्रको संरक्षणका लागि पनि यस्तो छुट दिनुपर्ने बोर्डद्वारा मन्त्रालयलाई सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तो छुट सहकारी संघ संस्थाबाट सञ्चालित चिस्यान केन्द्र एवम् उद्योगहरुलाई ७ करोड २५ लाख ७७ हजार ५८३ रुपैयाँ, नेपाल डेरी एसोसिएसन अन्तर्गतका चिस्यान केन्द्र तथा उद्योगहरुलाई १ करोड ३४ लाख ९७ हजार ७५० रुपैयाँ, डेरी उद्योग संघ अन्तर्गतका चिस्यान केन्द्र तथा उद्योगहरुलाई ६ करोड ७७ लाख ७७ हजार ५०० रुपैयाँ र दुग्ध बिकास संस्थान अन्तर्गतका चिस्यान केन्द्र तथा उद्योगहरुलाई २ करोड ९४ लाख रुपैयाँ छुट दिनुपर्ने बोर्डको भनाई छ ।

बोर्डद्वारा तयार गरिएको प्रतिवेदनमा हाल देशैभरिबाट साना, मझौला तथा ठूला गरी करिब ४०० दुग्ध प्रशोधन उद्योगहरु रहेका छन् भने जसबाट दैनिक १० लाख ७१ हजार लिटर (कुल उत्पादनको १७ प्रतिशत) दूध नियमित संकलन तथा प्रशोधन हुने गरेका छन् ।

Share News