मौद्रिक नीतिको समीक्षाप्रति सीएनआई सन्तुष्ट, राहत महसुस भएको धारणा

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेकोे मौद्रिक नीतिको समीक्षाप्रति नेपाल उद्योग परिसंघ( सीएनआई) सन्तुष्ट देखिएको छ । राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा गरेको थियो । सो समीक्षाप्रति उद्योगीहरु सन्तुष्ट भएका हुन् । राष्ट्र बैंक यस निर्णयले सकरात्मक प्रभाव पार्ने नेपाल उद्योग परिसंघले जनाएको छ । संकटको यस घडिमा तरलता [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेकोे मौद्रिक नीतिको समीक्षाप्रति नेपाल उद्योग परिसंघ( सीएनआई) सन्तुष्ट देखिएको छ । राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा गरेको थियो । सो समीक्षाप्रति उद्योगीहरु सन्तुष्ट भएका हुन् ।

राष्ट्र बैंक यस निर्णयले सकरात्मक प्रभाव पार्ने नेपाल उद्योग परिसंघले जनाएको छ । संकटको यस घडिमा तरलता व्यवस्थापन गर्न विशेष ध्यान दिदै केन्द्रीय बैंकले यस अघि तोकेका विभिन्न दरहरुलाई यथावत राखेको भन्दै सीएनआई खुसी भएको हो ।

यस्तै कोभिड–१९ ले उद्योग तथा व्यवसाय क्षेत्रमा श्रृजित समस्यालाई न्युनिकरण गर्न निषेधाज्ञाको अवधि भर कर्जा असुलीमा कुनै शुल्क वा जरिवाना लिन नपाउने व्यवस्था गरेको छ भने निषेधाज्ञा समाप्त भएको एक महिनासम्म कुनै पनि प्रकारको असुली वा लिलामी सम्बन्धी सुचना प्रकाशन गर्न नपाईने व्यवस्था समेत गरेको छ । यो प्रावधानले समस्यामा रहेका उद्योग तथा व्यवसायलाई केहि सहज हुने परिसंघले धारणा छ ।

राष्ट्र बैंकले स्वास्थ्य सेवा प्रदायक तथा उद्योगहरुले अक्सिजन प्लान्ट स्थापना गर्न चाहेमा आधारदरमै कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको छ । साथै लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न ५० करोड तथा अक्सिजन प्लान्ट स्थापना गर्न र २० करोडको विशेष पुनरकर्जाको समेत व्यवस्था गरेको छ । यस्तो कर्जा एक वर्षका लागि प्रवाह हुने समेत बैंकले जनाएको छ । यसले पनि उद्योगीलाई राहत हुने परिसंघको विश्वास छ ।

त्यस्तै निषेधाज्ञाको समयमा कर्जाको किस्ता तथा व्याज भुक्तानी गर्ने ग्राहकलाई सहुलियत उपलब्ध गराउने व्यवस्था समेत उल्लेख गरिएको छ । परिसंघले आग्रह गरे अनुसार नै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुले निर्वाह गर्नु पर्ने व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत हाल विद्यमान स्वास्थ्य समस्यासँग जुध्न आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, भ्याक्सिन, औषधी जस्ता कार्यमा खर्च गर्न सक्ने व्यवस्था मिलाएको छ।

परिसंघको अनुसार हालको परिप्रेक्षमा चालू आर्थिक वर्षको मौद्रिक नीतिले उद्योग व्यवसाय सञ्चालनमा उल्लेख्य भूमिका खेल्ने छ । मुलुकको समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउँदै रोजगारी सृजना गर्न, मुलुकको गाह्रस्थ उत्पानलाई बढाउन तथा समग्र आर्थिक वृद्धिका लागि नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत मुलुकको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई थप सहुलियत तथा सुविधा उपलब्ध गराउनेमा परिसंघ विश्वस्त रहेको जनाएको छ ।

Share News