काण्डै काण्डमा मुछिए व्यवसायी वैद्य, फेरि ठगी गरेको पुष्टि

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्व अध्यक्ष सुरज वैद्य यतिखेर निकै चर्चामा छन् । उनले राम्रो काम गरेर चर्चामा आएको भन्दा पनि नराम्रो काम गरेर चर्चामा आएको आरोप धेरैको छ । केही दिनदेखि उनले भारतबाट कोभिडशिल्ड भ्याक्सिन आयात रोकेको आरोपको आलोचना खेप्दै आएका छन् । उनले सो भ्याक्सिन आयातमा आफ्नो कुनै सहभागिता [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्व अध्यक्ष सुरज वैद्य यतिखेर निकै चर्चामा छन् । उनले राम्रो काम गरेर चर्चामा आएको भन्दा पनि नराम्रो काम गरेर चर्चामा आएको आरोप धेरैको छ ।

केही दिनदेखि उनले भारतबाट कोभिडशिल्ड भ्याक्सिन आयात रोकेको आरोपको आलोचना खेप्दै आएका छन् । उनले सो भ्याक्सिन आयातमा आफ्नो कुनै सहभागिता नभएको प्रष्ट पारेपनि उनकाे आलोचना गर्नेहरुको संख्या भने कम भएकाे छैन।

व्यवसायी वैद्यले कमिसनकै लागि भारतबाट कोरोना विरुद्दको खोप आयात रोकेको आरोप खेप्दै आएका छन् । सो आरोप खेपेको केही दिनमै उनीमाथि अर्को आरोप पनि लाग्यो ।

उनमाथि आरोप लागेको थियो, अहिले नोक्सानमा रहेको नेपाल वायुसेवा निगमले ल्याएको चिनीयाँ जहाज खरिद प्रक्रियामा उनै वैद्यकाे मूख्य भूमीका । उनी ६ वटा चिनीयाँ जहाज खरिद गर्नको लागि मूख्य एजेन्टको रुपमा रहेको आरोप उनीमाथि छ ।

नेपाल वेलहोप एग्रिटेक प्रालिमाथि कारबाही सिफारिस गर्दै भरतपुर महानगरपालिका–२३ ले जिल्ला प्रशासन कार्यालय चितवनलाई बोधार्थ गराएको पत्र।

यी आरोप  आलाेचना खेप्दै  आएका व्यवसायी वैद्य माथि फेरि अर्को काण्ड थपिएको छ । उनीमाथि फेरि ठगीको आरोप पुष्टि भएको छ । नेपाल गुणस्तर तथा नाप तौल विभागका अनुसार वैद्यको बहुमत साझेदारीको नेपाल वेलहोप एग्रिटेक प्रालिले उत्पादन गरेको कुखुराको दाना बिक्री गर्दा तौलमा किसान ठगिएको पुष्टि भएको छ ।

चितवनमा रहेको वेलहोप एग्रिटेकले ५० किलो लेखिएको बोरामा ४६ किलो मात्र दाना बिक्री गरेको पाइएको विभाग मातहतको कार्यालय वीरगन्जले जनाएको छ । उद्योगले कुखुरा पालक किसानलाई बेचेको ५० किलो दानामा ४६ किलो हाराहारी मात्रै तौल भेटिएको बताइएको छ ।
किसानको उजुरीपछि वैशाख १९ गते परीक्षण गर्दा ठगि पुष्टि भएको बताइएको छ ।

यो मुद्दा अदालत जाने चरणमा छ । ठगी पुष्टि भए कम्पनीका अध्यक्षलाई ३० हजार रुपैयाँ जरिवाना र तीन वर्ष कैद हुने कानुनी प्रावधान छ ।

Share News