व्यवसायीले बुझाउने करको म्याद थप्न नाडाको आग्रह

<p>काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले कर विवरण तथा कर रकम बुझाउने समय थप गर्न सरकारसँग अनुरोध गरेको छ । नाडाले यही बैशाख महिनाको २५ गतेसम्म व्यवसायीहरुले बुझाउनु पर्ने करको म्याद थप्न सरकारसँग आग्रह गरेको हो । हाल सरकारले नयाँ भेरिएण्टको कोरोना बढदो क्रममा रहेको सन्दर्भमा राजधानीमा निषेधाज्ञा लागु गरेकोले व्यवसायीहरुले आन्तरिक राजस्व विभागमा [&hellip;]</p>

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले कर विवरण तथा कर रकम बुझाउने समय थप गर्न सरकारसँग अनुरोध गरेको छ । नाडाले यही बैशाख महिनाको २५ गतेसम्म व्यवसायीहरुले बुझाउनु पर्ने करको म्याद थप्न सरकारसँग आग्रह गरेको हो ।

हाल सरकारले नयाँ भेरिएण्टको कोरोना बढदो क्रममा रहेको सन्दर्भमा राजधानीमा निषेधाज्ञा लागु गरेकोले व्यवसायीहरुले आन्तरिक राजस्व विभागमा मूल्य अभिबृद्धि कर विवरण एवं कर रकम बुझाउन सक्ने अवस्था नरहेको बन्दै नाडाले सरकारसँग सो आग्रह गरेको हो । साथै, स्वास्थ रक्षाको दृष्ट्रिकोणले पनि व्यवसायीहरु आफ्नो कार्यालयमा जान सक्ने अवस्था पनि नरहेकोले उक्त आग्रह गरेको हो ।

यससँगै नाडाले सरकारले निषेधाज्ञा खोलेको मितिबाट एक हप्तासम्म कर तथा अन्य आवश्यक कागजातहरु बुझाउन सकिने व्यवस्थाका मिलाउन सरकारसँग माग गरेको छ ।

त्यसैगरी, नेपालका सम्पुर्ण अटोमोवाइल व्यवसायीले आफ्ना अटोमोवाइल वर्कशपहरुमा रहेका अक्सिजन सिलिण्डरहरु अक्सिजन निर्माण उद्योगहरु मै बुझाइ दिई महामारीमा सहयोग गर्न समेत आग्रह गरेको छ ।

Share News