एमसीसी कार्यान्वयन गर्न महासंघको सुझाव

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन गर्न सुझाव दिएको छ । आइतबार आर्थिक वर्ष २०७८/७९ को बजेट एंव आर्थिक ऐनका लागि अर्थ मन्त्रालयलाई सुझाव दिँदै महासंघले एमसीसी पास तथा कार्यान्वयन गर्नु पर्ने सुझाव दिएको हो । महासंघले देशमा उर्जा क्षेत्रको विकासका लागि उर्जा खपत बढाउन इलेक्ट्रिक भेइकल, चुलो लगायत [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन गर्न सुझाव दिएको छ । आइतबार आर्थिक वर्ष २०७८/७९ को बजेट एंव आर्थिक ऐनका लागि अर्थ मन्त्रालयलाई सुझाव दिँदै महासंघले एमसीसी पास तथा कार्यान्वयन गर्नु पर्ने सुझाव दिएको हो ।

महासंघले देशमा उर्जा क्षेत्रको विकासका लागि उर्जा खपत बढाउन इलेक्ट्रिक भेइकल, चुलो लगायत इलेक्टीक उपकरणको प्रयोग बढाउन भन्सार र अन्तशुल्क दर दुइ बर्ष अघिकै कायम गरिनुपर्ने, मिलेनियम च्यालेन्ज कर्पोरेसन्स (एमसिसि) कार्यान्वयन गर्नुपर्ने, मुलुकभित्र खपतको अवस्था र निर्यातको सम्भावनाका आधारमा विद्युत उत्पादन, प्रशारण र वितरण रणनीति बनाउनुपर्ने लगायतका सुझाव दिएको छ ।

यस्तै, सुझावमा बंगलादेशमा विद्युत निर्यात सहज बनाउन भारत सहित त्रिपक्षीय संयन्त्र निर्माणमा पहल गर्नु पर्ने, कोभिडबाट सिर्जित समस्याका कारण हाल निर्माणधिन विद्युत आयोजनामा २०८० सम्मका लागि दिइएको सुविधा दुई बर्ष थप गर्नुपर्ने लगायतका विषयहरु पेश गरिएका छन् ।

Share News