‘प्रधानमन्त्रीजू ! गलत मानसिकका साथ गरिने अनुगमन बन्द गरौं’

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले गलत मानसिकताका साथ गरिने बजार अनुगमन बन्द गर्नु पर्ने धारणा राखेका छन् । शनिबार महासंघको ५५औं वार्षिक साधारण सभा तथा उद्योग दिवसमा आफ्नो धारणा राख्दै उनले गलत मानसिकता र नियोजित किसिमले गरिने बजार अनुगमनलाई बन्द गरेर सुधार गर्नु पर्ने बताएका हुन् । ‘गलत किसिमले [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले गलत मानसिकताका साथ गरिने बजार अनुगमन बन्द गर्नु पर्ने धारणा राखेका छन् ।

शनिबार महासंघको ५५औं वार्षिक साधारण सभा तथा उद्योग दिवसमा आफ्नो धारणा राख्दै उनले गलत मानसिकता र नियोजित किसिमले गरिने बजार अनुगमनलाई बन्द गरेर सुधार गर्नु पर्ने बताएका हुन् ।

‘गलत किसिमले गरिने बजार अनुगमनले कसैलाई पनि फाइदा हुँदैन, सरकारले यसलाई सुधार गर्नु पर्छ, यसका लागि राम्रो नियमावली नै बनाउनु पर्छ,’ उनले भने ।

गोल्छाले महासंघको भिजन पेपर सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले भिजन पेपर मार्फत २०३० सम्म १ सय खर्बको अर्थतन्त्र र २२ लाखलाई रोजागारी उद्धेश्य रहेको बताएका छन् ।

Share News