काठमाडौं । नेपालमा आयात हुने विदेशी पिउने पानी पूर्ण रुपमा रोक्न संसदीय समितिले सरकारलाई सिफारिस गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई सिफारिस गरेको हो ।
समितिले बजार अनुगमन उपसमिति बनाएर विदेशी पानीको अध्ययन गरेको थियो । उक्त उपसमितिले बुझाएको प्रतिवेदनका आधारमा समितिले सरकारलाई सिफारिस गरेको समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले जानकारी दिए ।
अध्ययन उपसमितिले बुझाएको प्रतिवेदनमा नेपालमा नै प्रशस्त पिउने पानी रहेको भन्दै विदेशी पानी आयातको आवश्यकता नरहेको उल्लेख गरिएको छ । यसैगरी विदेशी पानीको आयातमा प्रतिबन्ध लगाई नेपाली पानी निर्यातको वातावरण बनाउन उक्त उपसमितिल सुझाव दिएको छ ।
नेपालमा यूरोप अमेरिका लगायतका देशबाट पिउने पानीको आयात हुने गरेको छ ।