सरकार र निजी क्षेत्रको मित्रवत सम्बन्ध आवश्यकः मन्त्री भट्ट

<p>काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले सरकार र निजी क्षेत्रको मित्रवत सम्बन्ध आवश्यक रहेको बताएका छन् । आज नेपाल उद्योग परिसंघले सुरुवात गरेको मेक इन नेपाल स्वदेशी अभियानका विशिष्ट अतिथि समेत रहेका मन्त्री भटट्ले सरकार र निजी क्षेत्रको मित्रवत सम्बन्धले मात्रै नेपाली अर्थतन्त्र अगाडि बढ्न सक्ने धारणा राखेका हुन् । मन्त्री भट्टले [&hellip;]</p>

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले सरकार र निजी क्षेत्रको मित्रवत सम्बन्ध आवश्यक रहेको बताएका छन् । आज नेपाल उद्योग परिसंघले सुरुवात गरेको मेक इन नेपाल स्वदेशी अभियानका विशिष्ट अतिथि समेत रहेका मन्त्री भटट्ले सरकार र निजी क्षेत्रको मित्रवत सम्बन्धले मात्रै नेपाली अर्थतन्त्र अगाडि बढ्न सक्ने धारणा राखेका हुन् ।

मन्त्री भट्टले देशको अर्थतन्त्र विकास तथा औद्योगिक वातावरण सिर्जना गर्नको लागि सरकार र निजी क्षेत्रबीच मित्रवत सम्बन्ध हुनु पर्ने धारणा राखेका हुन् ।

‘देशको औद्योगिक विकासलाई माथि उठाउन र अर्थतन्त्रलाई सुधार गर्नको लागि सरकार र निजी क्षेत्रको मित्रवत सम्बन्ध आवश्यक छ, यसका लागि हामी विभिन्न औद्योगिक संघ संस्थासँग सहकार्य पनि गरिरहेका छौं, अझै पनि समधुर सम्बन्ध बनाई अगाडि बढ्न आवश्यक छ, यसका लागि हामी प्रतिवद्ध छौं,’ मन्त्री भटट्ले कार्यक्रममा भने ।

यस्तै, उनले कोरोना भाइरसको कारण उत्पन्न लकडाउनको समयमा धेरै समस्या भएपनि वस्तु आपुर्ति र सप्लाईमा निजी क्षेत्र र सरकारको राम्रो सम्बन्ध स्थापित भई काम भएको धारणा राखे ।

देशमा हाल औद्योगिक विकासका काम पनि भइरहेको बताउँदै त्यसमा सहकार्य गर्न पनि आवश्यक रहेको उनले बताए ।
देश कृषि प्रधान भनेपनि खाद्य वस्तुको प्रयाप्त आयात भइरहेको प्रशंगलाई जोड्नै उनले भने,‘ हामी कृषि प्रधान देश भन्छौं, तर, वर्षेनी अर्बौंको खाद्य वस्तु आयात हुन्छ, यसलाई विस्थापित गर्न हामी सबैले सहकार्य गर्न आवश्यक छ ।’

Share News