प्रधानमन्त्रीले उद्योगीलाई भनेः अनावश्यक वस्तु आयात नगर्नुस्, नेपालीको आदत बिग्रियो

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीहरुलाई अनावश्यक वस्तुहरु आयात नगर्न आग्रह गरेका छन् । आइतबार नेपाल उद्योग परिसंघले सुरु गरेको ‘मेक इन नेपाल स्वदेशी अभियान’को सुभारम्भ गर्दै उनले उद्योगी व्यवसायीहरुलाई अनावश्यक वस्तु आयत रोक्न आग्रह गरेका हुन् । उनले पछिल्लो समय अनावश्यक वस्तुहरु उद्योगी व्यवसायीले आयात गरिरहेको र त्यसले नेपाली पैसा विदेशी रहेको उल्लेख [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीहरुलाई अनावश्यक वस्तुहरु आयात नगर्न आग्रह गरेका छन् ।
आइतबार नेपाल उद्योग परिसंघले सुरु गरेको ‘मेक इन नेपाल स्वदेशी अभियान’को सुभारम्भ गर्दै उनले उद्योगी व्यवसायीहरुलाई अनावश्यक वस्तु आयत रोक्न आग्रह गरेका हुन् ।

उनले पछिल्लो समय अनावश्यक वस्तुहरु उद्योगी व्यवसायीले आयात गरिरहेको र त्यसले नेपाली पैसा विदेशी रहेको उल्लेख गर्दै उनले त्यसलाई न्यूनिकरण गर्न आग्रह गरेका हुन् ।

‘नेपालले वस्तु उत्पादन बढाउँदै अन्तर्राष्ट्रिय बजारमा त्यसलाई निर्यात गर्ने गरी काम गर्नुपर्छ, ताकि विदेशी अनावश्य वस्तु नेपाल भित्र्याउनु हुन्न, अत्यावश्य वस्तु मात्र आयत गरौं,’ उनले भने ।

‘अनावश्यक वस्तु आयत गरेर नेपालीहरुको आदत नबिगारौं, स्वदेशी उत्पादनलाई पनि प्राथमिकता दिएर व्यवसाय गर्न सकिन्छ, अनावश्य वस्तु आयातले देशको बढी पैसा विदेशियो,’ उनले भने ।

उनले कार्यक्रममा वस्तुको विज्ञापन मात्र नभई अर्थतन्त्र आत्मनिर्भर गर्न तर्फ ध्यान दिनु पर्ने धारणा राखे ।

‘नेपालमा विदेशी ड्रिन्क इनर्जी किन चाहियो, चुइगम किन चाहियो, अनावश्यक विज्ञापन गरेर नागरिकलाई आकर्षित नगरौं, यसले नेपाली रुपैयाँ विदेशियो,’ उनले भने ।

सरकारले पनि सम्वृद्ध नेपाल सुखी नेपालीको नारा लिएकोले र यो मेक यन नेपाल अभियानले पनि त्यो सरकारले लिएको नारालाई साकार पार्न धेरै सहयोग गर्ने पनि बताए ।

उनले देशलाई औद्योगिक बाटोतर्फ डोर्याउनको लागि निजी क्षेत्रका महत्वपूर्ण योगदान हुने भएकोले निजी क्षेत्रले गर्ने हरेक काममा सरकारको पूर्ण साथ सहयोग रहने पनि धारणा राखे ।

Share News