‘मेक इन नेपाल’ अभियान: हरेक वर्ष एक हजार उद्योग संचालनमा, साढे एक लाखलाई रोजगारी

<p>काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ &#8216;मेक इन नेपाल-स्वदेशी&#8217; अभियानलाई प्राथमिकताका साथ अगाडी बढाई रहको छ । आज(फागुन १७ गते) परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको परिसंघका पदाधिकारीहरुले अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई उनीहरुको कार्यकक्षमा भेट गरी &#8216;मेक इन नेपाल-स्वदेशी&#8217; अभियानका सम्बन्धमा छलफल गरेको छ । परिसंघका अध्यक्ष मोरले यो अभियानले स्वदेशी उत्पादन [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ ‘मेक इन नेपाल-स्वदेशी’ अभियानलाई प्राथमिकताका साथ अगाडी बढाई रहको छ । आज(फागुन १७ गते) परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको परिसंघका पदाधिकारीहरुले अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई उनीहरुको कार्यकक्षमा भेट गरी ‘मेक इन नेपाल-स्वदेशी’ अभियानका सम्बन्धमा छलफल गरेको छ ।

परिसंघका अध्यक्ष मोरले यो अभियानले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित सीएनआईले ‘मेक इन नेपाल-स्वदेशी’ अभियान शुरू गरेको बताए । परिसंघको यस अभियानमा नेपाल सरकारकोसाथ र सहयोग हनुपर्ने धारणा राख्दै मुलुकको औद्योगिक विस्तार, रोजगारीको सृजना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्र माथि उठाउन सकिने बताए । यस अभियानमा सरकाले स्वमित्व बोधगरी स्वदेशी उद्योगहरुको स्थापना र उद्योगहरुलाई आत्मनिर्भर बनाउन सरकारबाट प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने धारणा राखे ।

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले तयार गरेको स्वदेशी लोगोलाई नेपाल सरकारले स्वामित्व लिई तुरुन्त यसलाई कार्यान्वयनमा ल्याउनु पर्ने बताए । यो लोगो परिसंघ, निजी क्षेत्र, सरकार विशेषको नभई देशकोनै हुनु पर्ने माग राखे । यसको लागि संयुक्त प्रयास र सहभागिता हनुुपर्ने उनको धारणा थियो ।

मन्त्रीसँगको छलफलमा परिसंघका उपाध्यक्ष अनुज अग्रवाले परिसंघले तयार पारेको अवधारणाका सम्बन्धमा प्रस्तुति गरेका थिए । उनले परिसंघले अगाडी सारेको अवधारणा केहि महत्वकांक्षी देखिए पनि परिसंघले मुख्यगरी ४ वटा आर्थिक खम्बालाई बढी प्राथमिकतामा राखेको बताए । विशेषगरी यस अभियानले हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याई वार्षिक एक लाख पचास हजार औद्योगिक रोजगारी सिर्जना गर्ने महान लक्ष्य लिएको छ । परिसंघको लक्ष्य अनुसार पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पुर्याउने र कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्याउने बताए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिसंघले अगाडी सारेको अवधारणा राम्रो रहेको बताउँदै समग्र राष्ट्रिय आवश्यकतालाई महशुस गरी यसलाई व्यवहारिक बनाउनको लागि अन्तरसंवादलाई निरन्तरता दिनुपर्ने धारणा राखे । यस अभियानमा नीजि क्षेत्र, सरकारको प्रशासनिक संयन्त्र र राजनीतिक क्षेत्रसँग पनि अन्तर सम्बाद गरी सम्बन्धलाई विश्वासिलोर परिपूरक बनाउनुपर्ने बताए । आगामी बजटमा यसलाई मूर्तरुप प्रदान गर्नको लागि सरकारको तर्फबाट आवश्य सहयोग उपलब्ध गराउने धारणा राखे । अर्थमन्त्री पौडेलले यो अभियानमा प्रधानमन्त्री, मन्त्रीहरु, सचिवहरु र निजी क्षेत्रका अन्य संघसंस्थाहरुलाई पनि सँगै लिएर अगाडी बढ्नु पर्ने विचार व्यक्त गरे ।

छलफलमा परिसंघको तर्फवाट निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु क्रमशः राजेशकुमार अग्रवाल र सुलभ अग्रवाल लगायतको उपस्थिति थियो ।

Share News