काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग शुरू भएको बताएका छन् । आइतवार कैलालीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अब औद्योगिक विकासको युग सुरु भएको बताएका हुन् ।
दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्याशका लागि कैलाली पुगेका मन्त्री भट्टले अब सबै प्रदेशमा औद्योगिक क्षेत्र निर्माणको काम सुरु भएकोले अब औद्योगिक विकासको युग सुरु भएको बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली सोमवार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको उद्घाटन गर्न आउँदै हुनुहुन्छ,’मन्त्री भट्टले भने,’ सुखी नेपाली समृद्ध नेपालको नारालाई कार्यान्वयन गर्न देशभर औद्योगिक क्षेत्रहरूको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।’
९ अर्बको लागतमा ५ वर्ष भित्र निर्माण सम्पन्न हुने गरी दैजी छेला औद्योगिक क्षेत्रको निर्माण हुन लागेको भट्टले बताए । निर्माणाधीन गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमकै मेडिकल विश्वविद्यालयको रूपमा विकास गर्न लागिएको मन्त्री भट्टले बताए ।