१ खर्ब लागतका ५ औद्योगिक क्षेत्र निर्माणको तयारीमा जुट्यो सरकार, ५२ हजारलाई रोजगारी

<p>काठमाडौं । सरकार औद्योगिक क्षेत्र निर्माणको तयारीमा जुटेको छ । देशभरका विभिन्न औद्योगिक क्षेत्र निर्माणका लागि सरकारले आवश्यक पर्ने विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्नेदेखि जग्गा अधिग्रहण गर्ने, वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) तयार पार्ने लगायतका काम सम्पन्न गरेर निर्माणको तयारीमा जुटेको हो । यसै साता मात्रै ५ वटा औद्योगिक क्षेत्रको शिलान्यास हुने औद्योगिक क्षेत्र व्यवस्थापन [&hellip;]</p>

काठमाडौं । सरकार औद्योगिक क्षेत्र निर्माणको तयारीमा जुटेको छ । देशभरका विभिन्न औद्योगिक क्षेत्र निर्माणका लागि सरकारले आवश्यक पर्ने विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्नेदेखि जग्गा अधिग्रहण गर्ने, वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) तयार पार्ने लगायतका काम सम्पन्न गरेर निर्माणको तयारीमा जुटेको हो ।

यसै साता मात्रै ५ वटा औद्योगिक क्षेत्रको शिलान्यास हुने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बताए ।

‘हामीले यस्तै साता ५ वटा औद्योगिक क्षेत्रका शिलन्यास गर्दैछौं, सुरुमा अर्थात भोलि अर्थात सोमबार कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्र शिलन्यास गर्ने भएका छन् । यही साता बाँकेको नौबस्ता, रुपन्देहीको मोतीपुर, मकवानपुरको मयूरधाप, झापाको दमकमा ठूला औद्योगिक क्षेत्र यसै साता शिलान्यास गरेर निर्माण सुरु हुनेछन्,’ उनले भने ।

उनका अनुसार ती औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक प्रक्रियाहरु पूरा भइसकेका छन् । उनले औद्योगिक क्षेत्रका लागि आवश्यक विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) जग्गा अधिग्रहण गर्ने र वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) तयार पार्ने काम भइसकेको बताए ।
‘अर्थ मन्त्रालयले आवश्यक बजेट दिने प्रतिबद्धता गरेपछि हामीले औद्योगिक क्षेत्र निर्माण सुरु गर्ने तयारी गरेका हौँ, औद्योगिक क्षेत्र निर्माणको काम अब तीव्र गतिमा अगाडि बढ्छ,’ उनले भने ।

औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि ५२ हजारले रोजगारी पाउने उनको भनाई छ । उनका अनुसार १ सय बिघा क्षेत्रफल, नौबस्ताको ५ सय २५ बिघा क्षेत्रफल, दैजी–छेलाको ९ सय बिघा क्षेत्रफल रहनेछ । उनले मयूरधापले १० हजारलाई, नौबस्ताले २० हजारलाई र दैजी–छेलाले २२ हजारजनालाई रोजगारी दिनेछ । स्वदेशी लगानीमा बनेको औद्योगिक क्षेत्रले मात्रै ५२ हजार मानिसलाई रोजगारी दिने उनको भनाई छ ।
उनले दमक र मोतीपूरको भने विदेशी लगानीमा बन्ने बताए ।

यस्तो लगानी

अध्यक्ष बस्नेतले पाँच औद्योगिक क्षेत्रहरुमध्ये ३ स्वदेशी र २ औद्योगिक क्षेत्र विदेशी लगानीमा बन्ने बताए । उनका अनुसार विदेशी लगानीमा बन्ने दमकको औद्योगिक क्षेत्रको अनुमानित लागत ६३ अर्ब रहेको छ ।

यस्तै, विदेशी नै लगानीमा बन्ने मोतीपुर औद्योगिक क्षेत्रको लागत १२ अर्ब, हेटौंडाको मयुरधारा औद्योगिक क्षेत्रको ७ अर्ब २ करोड, बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको ८ अर्ब र कञ्चनपूरको दैजी–छेला औद्योगिक क्षेत्रको लागि ८ अर्ब रुपैयाँ लगानी लाग्नेछ ।

Share News