उद्योग वाणिज्य संघ-चितवनले शुरू गर्याे चार दिने अचार बनाउने तालिम

<p>काठमाडाैं । उद्योग वाणिज्य संघ-चितवनको प्रशिक्षण कक्षमा आज देखी ४ दिने अचार बनाउने तालिम शुरु भएको छ । गृहणी महिला र सम्भावित उद्यमी महिलालाई लक्षित गरि उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमलाई विधिवत रुपमा उद्घाटन गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले कुनै औपचारिक शिक्षा, योग्यता तथा अनुभव नभएका महिलाहरुले पनि आफ्नो घरमै बसी आय आर्जन [&hellip;]</p>

काठमाडाैं । उद्योग वाणिज्य संघ-चितवनको प्रशिक्षण कक्षमा आज देखी ४ दिने अचार बनाउने तालिम शुरु भएको छ । गृहणी महिला र सम्भावित उद्यमी महिलालाई लक्षित गरि उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमलाई विधिवत रुपमा उद्घाटन गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले कुनै औपचारिक शिक्षा, योग्यता तथा अनुभव नभएका महिलाहरुले पनि आफ्नो घरमै बसी आय आर्जन गर्न सक्ने भएको हुनाले तालिमको आयोजना गरिएको बताए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले महिलाहरुले बनाएको अचार घरमा मात्र उपभोग नगरि यसलाई व्यवसायीकरण गर्नुपर्ने बताउँदै उत्पादन भएको अचारको बजारीकरणका लागि उद्योग वाणिज्य संघ–चितवनले पूर्ण सहयोग गर्ने बताए ।

सोहि कार्यक्रममा बोल्दै महिला उद्यमी विकास समितिका संयोजक रजनी मास्केले महिलाहरु आर्थिक रुपमा सवल र सक्षम हुनुपर्ने आवश्यकता रहेको बताउँदै आर्थिक सवलीकरणका लागि सिप हासिल गरि प्राप्त सिपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्नुपर्ने बताए । सोहि अवसरमा संघका तालिम संयोलक योगिता पियाले स्थानिय रुपमा उपलब्ध हुने स्रोतलाई सहज तरिकाले प्रशोधन गरि उत्पादन गर्न सकिने भएकोले तालिमले आय आर्जनमा महत्वपूर्ण भूमिका निवार्ह गर्ने बताउंदै तालिमको सफलताको शुभकामना व्यक्त गरे ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख प्रशिक्षक मुना श्रेष्ठले उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हुने कुनै पनि कार्यक्रम गुणस्तरिय रहने भन्दै आफुले जानेको ज्ञान र सीपलाई सहभागिहरु महिलाहरुलाई हस्तान्तरण गर्न पाउँदा आफुलाई खुशी लागेको बताए । महिला उद्यमशिलता विकास एवम् सशक्तिकरण अन्तरगत आयोजना गरिएको उक्त कार्यक्रममा ८० जना महिलाहरुको सहभागिता रहेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।

४ दिनसम्म संचालन हुने उक्त तालिमको उद्घाटन कार्यक्रममा संघका उपाध्यक्ष चिरञ्जिवि सुवेदी, कार्यसमिति सदस्य लक्ष्मी रिमाल, शर्मिला न्यौपाने, पूर्णिमा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । संघका व्यवस्थापन सहायक गणेश सुवेदीले सञ्चालन गरेको कार्यक्रम संघका अध्यक्ष राजु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

Share News