हुन्डाईको ‘ग्राण्ड आई टेन नियोस’ सार्वजनिक, मूल्य ३० लाख ९६ हजार रुपैयाँ

<p>काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ उत्पादन हुन्डाई ‘ग्राण्ड आई टेन नियोस’ सार्वजनिक गरेको छ । हुन्डाईले आज (असोज १ गते) डिजिटल समारोहद्वारा ‘ग्राण्ड आई टेन नियोस’लाई नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीका अनुसार हुन्डाई ग्रान्ड आई टेन धेरै वर्षदेखि बजारमा सबैभन्दा मनपर्ने र प्रशंसा गरिएको [&hellip;]</p>

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ उत्पादन हुन्डाई ‘ग्राण्ड आई टेन नियोस’ सार्वजनिक गरेको छ । हुन्डाईले आज (असोज १ गते) डिजिटल समारोहद्वारा ‘ग्राण्ड आई टेन नियोस’लाई नेपाली बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार हुन्डाई ग्रान्ड आई टेन धेरै वर्षदेखि बजारमा सबैभन्दा मनपर्ने र प्रशंसा गरिएको कार मध्ये एक हो । अब यसको विरासतलाई अगाडि बढाउन, हुन्डाईले स्टाइलिश र थप विशेषताहरु भएको ग्रान्ड आई टेन नियोस बजारमा ल्याएको छ ।

हुन्डाई ग्राण्ड आई टेन नियोस कप्पाल ड्युल भीटीभीटी टेक्नोलोजिमा आधारित १.२ लिटर पेट्रोल इन्जिनमा उपलव्ध छ । उत्कृष्ट प्रदर्शनका लागि ८३ पीएस/६००० आरपीएम सर्वाधिक पावर दुबै म्यानुुअल तथा स्वचालित ट्रान्समिसन विकल्पहरुमा पाउन सकिनेछ । ग्राण्ड आई टेन नियोसले ५ स्पीड म्यानुअल र स्मार्ट अटो एएमटी दुबै किसिमको ट्रान्समिसनमा उपलब्ध छ ।

हुन्डाई ग्राण्ड आई टेन नियोसमा ग्लोसी ब्ल्याक रेडियटर ग्रिली, बुमर्याङ आकारको एलईडी डीआरएल, स्टाइलिस टेल लैम्प, शार्क फिन एन्टेना र गन मेटल फिनिसका साथमा आकर्षक १४ इन्च अलोए व्हील्स पाउन सकिन्छ । सडकमा फरक उपस्थितिको लागि हुन्डाई ग्राण्ड आई टेन नियोस पोलार ह्वाइट, टाइफुन सिल्भर, टाइटान ग्रे, फियरी रेड र आकुवा टिल जस्ता रंगहरुमा उपलब्ध छ ।

ग्राण्ड आई टेन नियोस यात्राका लागि एक उत्तम सवारी साधन मात्र नभई स्मार्ट साधन पनि हो । एप्पल कारप्ले, एन्ड्रोइड अटो र बेष्ट इन सेगमेन्ट टच स्क्रिन इन्फोटिनमेन्ट सिस्टम (२०.२५ सि.एम.) का साथै रियर एसी भेन्ट जस्ता सुविधायुक्त ग्राण्ड आई टेन नियोसले आरामदायी यात्रा सुनिश्चित गर्ने कम्पनीले जनाएकाे छ । ।

कम्पनीका अनुसार हुन्डाई ग्राण्ड आई टेन नियोस गाडीको सुरुवाती मूल्य ३० लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ ।

लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडाैं ग्राहकहरुको मन तथा विस्वास जित्न सफल भएको छ ।

Share News