हुन्डाईले ‘फेष्टिभ डिलाइट’का विजेता शाह र अधिकारीलाई हस्तान्तरण गर्यो गाडी

<p>काठमाडौं । हुन्डाई अटोमोबाइल्सको नेपालका लागि एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एक कार्यक्रम बिच हुण्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ । हुन्डाईले कार्यक्रममा विजयीहरुः नागेश्वर प्रसाद शाह (कुपन नं.१२७२)लाई भेन्यु एस तथा शालिकराम अधिकारी (कुपन नं. ३२९) लाई सान्ट्रो मग्ना हस्तान्तरण गरेको हाे । लक्की ड्र को विजेताहरुको छनौट [&hellip;]</p>

काठमाडौं । हुन्डाई अटोमोबाइल्सको नेपालका लागि एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एक कार्यक्रम बिच हुण्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ । हुन्डाईले कार्यक्रममा विजयीहरुः नागेश्वर प्रसाद शाह (कुपन नं.१२७२)लाई भेन्यु एस तथा शालिकराम अधिकारी (कुपन नं. ३२९) लाई सान्ट्रो मग्ना हस्तान्तरण गरेको हाे ।

लक्की ड्र को विजेताहरुको छनौट २९ जुन, २०२० मा हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । बम्पर लक्की ड्र को विजेताहरुका साथै दुबई भ्रमण जित्ने १० भाग्यशाली विजेताहरुको छनौट कार्यक्रमका मुख्य अतिथि कञ्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले गरेका थिए । १० भाग्यशाली विजेताहरु भरत सिंह पौडेल (कुपन नं.३९७), चन्द्र मणी पौडेल (कुपन नं. २७५), श्रीजेश घिमिरे (कुपन नं. ९९६), महेश्वर लाल सिंह (कुपन नं. ९९९), कृष्ण प्रकाश पौडेल शर्मा (कुपन नं. ९४४), राजु शाह (कुपन नं. ७६), दल बहादुर बि. क.(कुपन नं. ७४४), बिजय अग्रवाल, गणेश हार्डवेर (कुपन नं. ७१६), एनआईसी एसिया बैंक लि. (सी/ओ) निर्भीक सापकोटा (कुपन नं. ११५८), र खातु इन्टर्न्याश्नल प्रा. लि. (कुपन नं. ३५) ले दुबई भ्रमण जितेका थिए ।

हुण्डाई फेष्टिभ डिलाइट २०७६ अन्तर्गत हुन्डाईका भाग्यशाली खरिदकर्ताहरुले एक थान सान्ट्रो मग्ना, एक थान भेन्यु एस, १० जोडीलाई दुबई भ्रमण सहित स्क्राच कार्ड मार्फत नगद छुटपनि प्राप्त गरेका थिए । सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडाैं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

Share News