भोजपुरका ४२ मध्ये आठवटा जलाधार क्षेत्र जोखिममा
भोजपुर, ३० असार। भोजपुरका आठवटा जलाधार क्षेत्र जोखिममा रहेका छन् । जिल्ला भू–संरक्षण कार्यालयका अनुसार जिल्लाका विभिन्न भेगमा रहेका ४२ मध्ये आठ जलाधार क्षेत्र प्राकृतिक जोखिममा रहेको हो । भूसंरक्षण कार्यालयका अनुसार जिल्लाको हिंखुवा खोला, टक्सार खोला, चिर्खुवा खोला, जरायोटार खोला, यांगुवा खोला, अखुवा खोला, खोङ खोला र खेसाङ खोला मुख्य जोखिममा रहेका जलाधार क्षेत्र हुन् । जलाधार क्षेत्रमा वर्षात्मा तीन सेमीदेखि १५ सेन्टिमिटरसम्म माटो बग्ने गरेको जिल्ला भूसंरक्षण अधिकृत सञ्जयकुमार मिश्रले बताए । हरेक वर्ष वर्षात्मा उर्बर भूमि बगेर जाने गरेका कारण बर्सेनि उत्पादनमा पनि कमी आइरहेको उनको भनाइ छ । गएको वर्ष आएको भूकम्पसँगै लगातार आइरहेको परकम्पका कारण चिरा परेको जमिनमा पानी पर्दा झनै जोखिम बढेको हो । भूकम्पले चिरा परेको जमिनमा पानी पस्दा भूक्षय जानेक्रम बढेको भूसंरक्षण अधिकृत मिश्रको थपे । यसैगरी, ४२ वटा जलाधार क्षेत्रमध्ये लाउरे खोला अति कम जोखिम र लसुने खोला दोस्रो अतिकम जोखिम रहेका जलाधार क्षेत्र हुन् । रासस
मोबाइलमा पोर्नोग्राफी हेर्ने गर्नुभएको छ, होसियार ! तपाइको स्क्रिन लक हुनसक्छ
काठमाडौं २९ असार। तपाईँ आफ्नो मोबाइलमा पोर्नोग्राफी हेर्नुहुन्छ? बताउन चाहने वा नचाहने तपाईँको कुरा हो। अडल्ट इन्टरटेनमेन्टमा पोर्नो मुभी सबैभन्दा बढी हेरिनेमा पर्छ। आफ्नो मोबाइलमा निशुल्क उपलब्ध हुने पोर्नो एप्स राख्नु भएको छ भने त्यो खतरनाक हुनसक्छ। ह्याकरहरुले लक स्क्रिन मलवेयर विकास गरेका छन् जुन तपाईँले डाउनलोड गरेको पोर्नोग्राफी एपमा लुकाएर राखिएको हुनसक्छ। उनीहरुले स्क्रिन नै लक गर्न सक्छन्। साथसाथै उनीहरुले मोवाइलको डाटा चोरी गर्ने तथा थाहा नपाउने गरेर भाइरस पठाउने गर्दछन् जसका कारण तपाइको महत्वपुर्ण डेटाहरु लिक हुन सक्छ र पछि समस्यामा पर्न सक्नुहुन्छ। डेल सेक्युरिटी विज्ञ अलेक्स डवरोभस्की र उनको टिमले गरेको अनुसन्धानले पत्ता लागेको तथ्य हो – पोर्नोग्राफी एप बनाउनेले मलवेयरहरु लुकाएर छिराउने गर्छन् जुन तपाईँले नचाहँदा नचाहँदै मोबाइललाई सखाप पार्न पर्याप्त हुन्छ। ४.४ किटक्याट अपरेटिङ सिस्टम रहेको एन्ड्रोइड डिभाइसमा युजरको स्क्रिन ओभरराइड हुँदै लक हुनसक्छ। र यसरी लक भएको मोबाइल स्क्रिन तपाईँले खुलाउनै नसक्ने पनि हुनसक्छ। त्यसैले मोवाइलमा पाेर्नोग्राफि हेर्नुभन्दा पहिले एकपटक विचार गर्नुहोस र अाफ्नो डेटालाई सुरक्षित राख्नुहोस्।
टेलिकमले चीनवाट अप्टिकल फाइबर ल्यायो
काठमाडौं, २९ असार । नेपालको दुरसञ्चार सेवालाई भारतीय परनिर्भरतावाट मुक्त गर्न नेपाल र चीनविच अप्टिकल फाइबर जडान सम्पन्न भएसंगै व्यापारीक कारोवारका लागि पनि काम अगाडि बढिरहेको छ। टेलिकमले व्यापारिक प्रयोजनका लागि साउनदेखि ल्याउने तयारी गरेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन्। यसका लागि टेलिकमले चाइना टेलिकमसंग व्यापारिक सम्झौता समेत गरिसकेको छ। चाइना टेलिकम कर्पोरेसन लिमिटेडसंग सेवा खरिद र सेवा मर्मतका लागि संझौता भइसकेको बैद्यले जानकारी दिइन्। यो संझौता संगसंगै नेपालमा चलिरहेको इनेटरनेट पनि सस्तो र कुनै पनि बेला भारत तर्फ फाइवरको समस्या भयो भने विकल्प हुनेछ। अब नेपाल टेलिकम र चीनको चाइना टेलिकमसंग अन्तरदेशिय प्रशारणलाइन विस्तार गर्नका लागि बाटो खुलेको छ भने चीनबाट नेपाल हुँदै दक्षिण एसियासंग छोटो दुरीमा अप्टिकल फाइबर मार्फत तीब्र गतिको इन्टरनेटसंग जोडिनका लागि सजिलो भएको छ।