भेरिजोनले किन्यो इन्टरनेट जाइन्ट याहु ४.८३ विलियन डलरमा
काठमाडौं। अमेरिकी इन्टरनेट जाइन्ट कम्पनी याहु विक्रि भएको छ। अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार अमेरिकी ब्रोडव्याण्ड इन्टरनेट सेवा दिने कम्पनी भेरिजोनले याहुलाई ४.८३ बिलियन अमेरिकी डलरमा किनेको जनाएको छ। भेरिजोननले आफूले लिलाम बढाबढमा याहु किनेको पुष्टि गरेको छ। सोमवार घोषणा गरिएको एक कार्यक्रममा किनवेचका लागि दुई कम्पनीविच गत हप्तादेखि छलफल भएको जनाइएको छ। अमेरिकी कम्पनी याहुले गत फेब्रुअरीमा आफूहरु स्ट्राटेजिक विकल्पको खोजीमा रहेको बताएको थियो। केही वर्षदेखि याहुलाई समसामायिक हिसाबमा अघि बढ्न नसकेको आरोप लाग्दै आएको थियो । गत हप्ता एक रिसर्च रिपोर्टले याहु ४ सय ४० मिलियन डलर घाटामा रहेको देखाएको थियो भने यहि स्थितिमा रहे कम्पनी डुब्ने खतरामा रहेको चेतावनी विभिन्न रिसर्चले देखाएको थियो।
प्लेनमा यात्रा गर्नुहुन्छ, ढुक्क हुनुहोस पाइलटले यात्रुलाई यि कुरा कहिल्यै भन्दैनन्
काठमाडौं, ९ साउन। विमानमा यात्रा गर्दा कुरा केही यस्ता कुरा हुन्छन् जो पाइलट यात्रुलाई कहिल्यै बताउँदैनन्। जब तपाई विमानमा सवार हुनुहुन्छ, पाइलट तथा फ्लाइट अटेन्डेन्ट केही जानकारी दिने गर्छन्, तर सोझै सबै कुरा भने बताउँदैनन्। यसको एक कारण हो, यात्रुको बिच डर नफैलियोस् र गलत कदम नचालुन्। विमानमा सवार हुँदा पाइलटले यात्रुसंग लुकाउने केही कुरा यहाँ चर्चा गरिएको छ। १. व्यावसायिक विमानमा कुनै एक इन्जिन खराब हुँदा पनि सुरक्षित तवरले उड्न सक्छ। त्यसैले पाइलटले कहिल्यै पनि विमानको इन्जिन बिग्रेको बारे यात्रुलाई जानकारी गराउँदैनन्। २. पाइलटले कहिल्यै पनि सफा देखिएको छैन भनि यात्रुलाई बताउँदैन्। यसको सट्टा ल्याण्डिङ गर्ने ठाउँमा कुहिरो लागेको भनेर पाइटलले भन्छन्। प्यासेन्जर नडराउनु भन्नको लागि यस्तो भनिने गर्छ। ३. यदि पाइलटले फ्लाइट अटेन्डेन्ट (एयर होस्टेस)लाई बस्ने अनुमति दिए बुझ्नुपर्छ कि विमानमा कुनै गम्भिर समस्या छ। यस्तोमा यात्रुलाई विमानको अवस्थाबारे अवगत नगराइन सक्छ। ४. फ्लाइटको बखत लगाएको हेडफोन हटाउन भनिन्छ भने यसको केवल एउटा अर्थ हुन्छ, पाइलटको निर्देश ध्यानसंग सुन्नु। ५. हावाहुरी वा चट्याङबाट विमान पार गर्दा पाइलटले केवल मौसम खराब रहेको जानकारी सुनाउँछन्।यरा हाइज्याक हुन्छ, जबसम्म सम्भव हुन्छ पाइटल यात्रुलाई हाइज्याकको बारेमा बताउँदैनन्।
१ करोड एन्ड्रोइड फोनमा भाइरस, यसरी सफा गर्नुहोस्
काठमाडौं,९ साउन। विश्वभरको करिब १ करोड एन्ड्रोइड फोनमा मालवेयर फैलिएको छ। ‘हमिङब्याड’ (Humming Bad) नाम दिइएको सो मालवेयरले फोनबाट व्यक्तिगत डाटा संकलन गरि इन्टरनेटका विज्ञापनमा प्रयोगकर्ताले झै गरि क्लिक गरिदिने गर्छ। यो एक एप हो जुन एन्ड्रोइड फोनमा लुकेर बस्न सक्छ। प्रयोगकर्ताको जानकारी संकलन गरि हमिङब्याडले व्यक्तिगत जानकारी अन्यलाई बेचेको छ कि छैन भनि परिक्षण गर्न भने सकिन्छ। कसरी थाह पाउने? तपाईको मोबाइलमा यो मालवेयर छ कि छैन कसरी थाह पाउने? Lookout, AVG, Avast, Zone Alarm जस्ता एन्टीभाइरस एप डाउनलोड गरि इन्स्टल गर्न सकिन्छ। यी एपले मोबाइलमा भएका यस्ता मालवेयर डिटेक्ट अनि डिलिट गरिदिने गर्छन्। डिलिट हुन नसकेको खण्डमा भने आफ्नो डाटा सुरक्षित राखि फ्याक्ट्री रिसेट गर्नु सबैभन्दा उत्तम हुन्छ। तपाइको एन्ड्रोइड मोबाइलमा यो भाइरस भेटिएको खण्डमा, मोबाइल कम्प्युटरमा जोडी अत्यावश्यक डाटा कम्प्युटरमा कपी गर्नुस्। एन्ड्रोइडको लागि बनेका भाइरसले कम्प्युटर (विन्डोज, म्याक अपरेटिङ सिस्टम चल्ने कम्प्युटर) मा असर गर्दैन। डाटा ट्रान्सफर भएपछि फोनलाई फ्याक्ट्री रिसेट गरिदिनुस्। भविष्यमा नदोहोरियोस् फेरी फेरी पनि तपाइको मोबाइलमा यस्ता मालवेयर इन्स्टल नहोस् भन्नको लागि सधै चनाखो रहनुस्। मोबाइलमा कुनै पनि एप गुगल प्ले स्टोर भन्दा अर्को स्रोतबाट डाउनलोड वा इन्स्टल नगर्नुस्।