नेपाली मोवाइलको बजारमा नयाँ ब्राण्ड थपिने, युरोपमा चर्चित प्रिमियम ‘युएमआई’ आउँदै
काठमाडौं, १० असोज। युरोप र पूर्वी एसियामा प्रख्यात रहेको प्रिमियम मोवाइल ब्राण्ड ‘युएमआई’ नेपाल अाउने भएको छ। क्रिस्टल कर्पोरेसन नेपालले यो स्मार्टफोनलाई नेपालमा भित्र्याउन लागेको हो। न्युरोडको सिटिभी मोवाइलसँगको सहकार्यमा कम्पनीले युएमआईलाई नेपाल भित्र्याउन लागेको हो। नेपाल दुरसञ्चार प्राधिकरणमा मोवाइल आयातका लागि ‘टाइप अप्रुभल’को काम भइरहेको कम्पनीका प्रवन्ध निर्देशक भेगे राईले बताए। राईसहित सातजनाको संयुक्त लागानीमा यो मोडेललाई नेपालमा भित्र्याउन लागेको उनले बताए। हङकङमा समेत विक्रि सेन्टर रहेको यो स्मार्टफोनको युरोपियन स्मार्टफोन बजारमा सात प्रतिशत हिस्सा रहेको छ। तिहारपछि नेपालमा सार्वजनिक गर्ने तयारी गरेको कम्पनीले सिटिसी मलमा चलिरहेको मोवाइल एक्स्पोमा प्रमोसनको काम गरिरहेको छ। कम्पनीले न्युरोडमा रहेको नोकिया केयरसँग विक्रिपछिको सर्भिस सेन्टरमा सहकार्य गर्नका लागि सहकार्य गरिसकेको जनाएको छ। कम्पनीले नोकिया केयरसँग सर्भिसको सेन्ट्रल हब बनाउने जनाएको छ। कम्पनीले सुरुवातमा तीनवटा प्रिमियम मोडेलका स्मार्टफोन भित्र्याउने भएको छ। ‘युएमआई लण्डन’, ‘युएमआई टच’ र ‘युएमआई सुपर’ नामका स्मार्टफोन बजारमा ल्याउने बताएको छ। लण्डनको सुरुवाती मूल्य १३ हजार पाँचसय, टचको सुरुवाती मूल्य २५ हजार र सुपरको सुरुपवाती मूल्य ३२ हजार रहेने कम्पनीले जनाएको छ।
अब महिला विना नै पुरुषले बच्चा जन्माउन सक्ने ! बैज्ञानिकले गरे सफल परिक्षण
काठमाडौं, १० असोज। अब महिलाविना पनि बच्चाको कल्पना गर्न सकिने भएको छ। बैज्ञानिकहरुले महिला विना नै पुरुषले बच्चा जन्माउन सक्ने सम्भावना बढ्दै गएको बताएका छन् । मुसामा गरिएको एक अध्यनबाट यस्तो सम्भावना दिएको बैज्ञानिकहरुको भनाइ छ। केवल शुक्राणुको मद्दत लिएर यो परीक्षण गरिएको थियो । नेचर कम्युनिकेशन जर्नलमा प्रकाशित शोधको निष्कर्षमा भविष्यमा बच्चा पाउनका लागि महिलाको आवश्यकता नपर्ने सम्भावना औल्याइएको छ। बाथ युनिभर्सिटीका बैज्ञानिकहरुले एक अनषेचित अण्डाको प्रयोग गरेर रसायनको मद्धतबाट नक्कली भ्रुण पैदा गरेका थिए । यो नक्कली जिवित भ्रुणमा आम कोशिकामा जस्तै विभाजन हुने पक्रिया देखियो । शोधकर्ताहरुले मुसामा सफल भएको यो परीक्षण मानिसमा पनि सुदुर भविष्यमा लागु हुन सक्ने बताएका छन् । यो प्रक्रियामा कुनै पनि शुक्राणुबाट भ्रुण पैदा गर्नका लागि महिलाको आवश्यकता पर्दैन । भ्रुण उत्पादनका लागि रसायनको प्रयोग गर्न सकिने बैज्ञानिकहरुको आशा छ । एजेन्सीको सहयोगमा
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मनमोहनका नाममा, मनमोहन चिकित्सा विज्ञान अन्तर्गत वीर हस्पिटल
काठमाडौं ९, असोज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को नाम परिवर्तन हुने भएको छ । यसको नाम परिवर्तन गरेर मनमोहन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान राख्ने निर्णय शनिबार बसेको सिनेट बैठकले गरेको हो। पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नामबाट उक्त नाम राख्ने प्रस्ताव स्वास्थ्य मन्त्री गगन थापाले गरेका थिए। वीर न्याम्स अन्तर्गतको अस्पताल हो। डाक्टर गोविन्द केसीका माग कार्यान्वयन भइरहेको भन्दै उनले घोषणा गरेको अनसन स्थगित गर्न माग गरी असोज ३ गते स्वास्थ्य र शिक्षामन्त्रीले केसीलाई पठाएको पत्रमा यो कुरा उल्लेख थियो। उक्त चिठीमा छलफल भइरहेको यो विषय शनिबार टुंगो लागेको मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले सेतोपाटीलाई जानकारी दिए। तर, मनमोहन अस्पतालको सम्पत्ति न्याम्सले किन्ने गरी सरकारले डाक्टर केसीसँग गरेको सम्झौता भने अझै कार्यान्वयन भइसकेको छैन। त्यसको प्रक्रिया सुरु भइसकेको त्यही चिठीमा उल्लेख थियो। यस निर्णयले मनमोहन अस्पतालको सम्पत्ति न्याम्सले किन्ने वातावरण सिर्जना गर्ने सरकारले विश्वास लिएको छ। पूर्वप्रधानमन्त्री तथा एमालेका नेता मनमोहन अधिकारीको नामबाट एमालेकै सांसद राजेन्द्रपाण्डे लगायतले मनमोहन अस्पताल खोलेका थिए। त्यसलाई मेडिकल कलेज बनाउनकालागि सम्बन्धन लिन उनीहरुले गरेको प्रयासलाई डाक्टर केसीकै आन्दोलनले रोकेको थियो। गोविन्द केसी आठौँपटक अनसन बसे। उनलाई अनसन तोडाउन सरकारले मनमोहन प्रतिष्ठानको विधेयक फिर्ता लिने र अस्पतालको सम्पत्ति न्याम्सले किन्ने वाचा गरेको थियो। विधेयक फिर्ता लिने र मनमोहनको सम्पत्ति किन्ने प्रक्रिया सुरु भइसकेको स्वास्थ्यमन्त्री थापाले डाक्टर केसीलाई भनिसकेका छन्। डा। केसीले आफ्ना माग पूरा गर्न सोमबारसम्मको अल्टिमेटम दिएका छन्।