काठमाडौं । नाडा अटोमोबाइल डिलर्स एशोसिएशनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नाडाको इतिहासमा नै पहिलो पटक आयोजना गरिएको रक्तदान कार्यक्रममा अटो ब्यबशायी लगायत सर्वसाधारण सहभागी भएका थिए ।राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो सो को अबसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रम आउने बर्षहरुमा पनि राख्ने रक्तदान कार्यक्रमका संयोजक तथा नाडा सदस्य प्रकाश कपुरीले जानकारी दिए ।
नाडाका महासचिब कृष्णप्रसाद दुलालले उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटीमा भइरहेको रगत अभाबलाई ध्यान दिदै ब्लड डोनेशन कार्यक्रमको आयोजना गरिएको बताए । १३९ पटक रगत दान गरेर सबै भन्दा धेरै पटक ब्लड डोनेट गर्ने महिलाको किर्तीमान कायम गर्ने नीता घिरैयाले पनि रगत दान गरेकी थिइन ।