त्रिवि स्कुल अफ म्यानेजमेन्टद्वारा जेहेनदार विद्यार्थीलाई क्षात्रवृति दिने निर्णय

<p>काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले यस वर्षको श्री इन्द्रभक्त श्रेष्ठ क्षात्रवृत्ति विराटनगरकी कञ्चन कार्कीलाई दिनेभएको छ । आइतबार दोश्रो इन्द्र भक्त जयन्तिका अवसरमा क्याम्पसले एमबिएका प्रथम सेमेष्टरका कार्कीलाई क्षात्रवृतिका लागि छनोट गरेको हो । त्यस्तै एमबिए तर्फ सर्वोत्कृष्ट नतिजा ल्याउने अलकाश्री श्रेष्ठलाई श्री इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक दिने भएको  छ । उक्त पदक [&hellip;]</p>

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले यस वर्षको श्री इन्द्रभक्त श्रेष्ठ क्षात्रवृत्ति विराटनगरकी कञ्चन कार्कीलाई दिनेभएको छ ।

आइतबार दोश्रो इन्द्र भक्त जयन्तिका अवसरमा क्याम्पसले एमबिएका प्रथम सेमेष्टरका कार्कीलाई क्षात्रवृतिका लागि छनोट गरेको हो ।

त्यस्तै एमबिए तर्फ सर्वोत्कृष्ट नतिजा ल्याउने अलकाश्री श्रेष्ठलाई श्री इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक दिने भएको  छ । उक्त पदक आगामी दिक्षान्तर समारोहका बिच प्रदान गरिने एन ई ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठले जानकारी दिए ।

स्कुल अफ म्यानेजमेन्टले इन्द्र जवाहर सहयोग गुठिले अन्तर्गत १ करोडको अक्षय कोषको स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ ।

नेपालमा चेम्बर आन्दोलनका अभियन्ता, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल चेम्बर अफ कमर्सका पुर्व अध्यक्ष स्वर्गिय इन्द्र भक्त श्रेष्ठको सम्झनामा दोस्रो इन्द्र भक्त जयन्ति कार्यक्रम आइतबार ललितपुरमा सम्पन्न भएको छ ।

कार्यक्रमका एन.ई. ग्रुपमा अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष रवि भक्त श्रेष्ठले इन्द्र जवाहर सहयोग गुठीको गतिविधि तथा नेपालको चेम्बर अभियान लगायत आर्थिक तथा सामाजिक क्षेत्रमा गरेका योगदानबारे बोलेका थिए ।

 

Share News