पचासको दशकतिर बर्दियाका गाउँमा मनोरञ्जनका विकल्प निकै कम हुन्थे । दशैं वा माघमा थारु नाच हुन्थे । निकै तामझाम र तयारी जुट्न सके कहिले कसो दशैंमा टाढैका वा भारतका कलाकार ल्याएर रामलीला गरिन्थ्यो । तीजका नृत्य र तिहारमा देउसी भैलो भने नियमित हुन्थ्यो । रात्री मनोरञ्जनका अरू विकल्प त्यति जुर्दैन थिए ।
महिलाहरूलाई मेलापातबाट फुर्सद मिल्दैन थियो । उमेर पुगेका पुरुषहरू काम नहुने सिजनमा तास खेल्न जुट्थे । फुर्सदिलाहरू तास खोल्थे, काम गर्नु पर्नेहरूलाई त मनोरन्जनको कुरा सोच्ने समय पनि हुन्थेन ।
यस्ता कार्यक्रम दर्शकले निःशुल्क हेर्न पाउँथे । आयोजक टोल वा समूहले आर्थिक जोहो गरेर व्यवस्थापन गर्थे । कार्यक्रम गर्दा आयोजकको शान र प्रभाव बढ्थ्यो । केही सातासम्म उनीहरूको चर्चा हुन्थ्यो । नाम चलेको कलाकारको टिम खोज्न आयोजकहरू खुबै धाउँथे ।
केटाकेटीहरू भने सिजनअनुसार डण्डिबियो, पौडी, कपर्दी, खोपी, लुकीलुकी, आइसबाइस जस्ता गाउँले खेलमा भुल्थे । खेतबारी चहार्ने, माछा मार्न जाने, लुकीलुकी कलब्रेक, दैलापकड पनि खेल्ने गरिन्थ्यो । पैसा जोहो भए शनिबार पारेर गइन्थ्यो सिनेमा हेर्न सहरतिर ।
यीबाहेक हिउँदे सिजनमा टाढा टाढाका कलाकारको टिम किनेर रात्रिकालीन सांस्कृतिक कार्यक्रम गरिन्थे । थारु समुदायको अग्रसरता र सहभागितामा गाउँमा आयोजना गरिने यस्ता सांस्कृतिक साँझमा अन्यत्रका कलाकारको टिम अचेलका व्यापारिक मेलामा जस्तै गरी आउँथे ।
तर, त्यसबेला अचेल जस्तो व्यक्तिगत रूपमा नभै टिम हुन्थ्यो । आयोजकले सशुल्क कलाकारको टिम निम्त्याएका हुन्थे । केही साता अघिदेखि लाउड स्पिकर लाएर व्यापक प्रचारप्रसार गरिन्थ्यो– ‘सूचना सूचना सूचना, यही आउने माघ १२ गतेको दिन बर्दिया जिल्लाको पाताभार गाविस वार्ड नम्बर २ गणेशपुरस्थित स्वास्थ्य चौकी नजिकै ‘दौलतपुरको विशेष टिम’को शानदार प्रस्तुतिसहित मनोरञ्जनले भरिपूर्ण सांस्कृतिक कार्यक्रम हुँदैछ । आउनूहोला । सहभागी भएर आनन्द उठाउनू होला ।’
यस्ता कार्यक्रम दर्शकले निःशुल्क हेर्न पाउँथे । आयोजक टोल वा समूहले आर्थिक जोहो गरेर व्यवस्थापन गर्थे । कार्यक्रम गर्दा आयोजकको शान र प्रभाव बढ्थ्यो । केही सातासम्म उनीहरूको चर्चा हुन्थ्यो । नाम चलेको कलाकारको टिम खोज्न आयोजकहरू खुबै धाउँथे ।
बिहान ४ बजेसम्मै यस्तो कार्यक्रम चल्थ्यो । कार्यक्रम स्थलमा पाँच–छ किलोमिटर टाढाबाट समेत मानिस ओइरिएका हुन्थे । पैदल, साइकल, गोरुगाडा, जोसँग जे जुट्छ त्यही साधन प्रयोग गरेर गाउँलेहरू कार्यक्रम हेर्न पुग्थे । जमिनदारहरूका खेत जोत्ने ट्याक्टर भाडामा लिएर सामान बोक्ने ट्रलीभरि मानिस खाँदिएर ओसार्ने पनि हुन्थे ।
धमाकेदार प्रस्तुति र दर्शकको मन जित्ने कन्टेन्टका आधारमा टिमको भाउ र व्यस्तता हुन्थ्यो । टिम खोज्न जानेहरू भन्थे– ‘टिम बनाउन अनि प्रस्तुति निखार्न निकै मेहनत गर्दा रैछन् । लामो रिहर्शलपछि टिम प्रस्तुति दिन तयार हुने रैछ । गाउँमा प्रतिभा भएका, रुचि भएका र समय भएका मानिसको नाम टिपेर जुट्ने रैछन् । आफ्नो भागको खेतीकिसानी वा अरु काम सकेर राती राती रिहर्शल गर्दा रैछन् ।’
रातिको खानापछि कार्यक्रम सुरु हुन्थ्यो । संसाझै खानाखाइवरी मानिसहरू कार्यक्रम स्थलतर्फ बाटो लाग्थे । मट्टीतेलको सहायतामा कटनजस्तो जालीमा अचेलको सिफएल बल्व झैं सेतो बल्ने भयानक चम्किलो मेन्टलको उज्यालोले टोल नै झलमल भएको टाढैबाट देखिन्थ्यो ।
तिनताका गाउँमा बत्ती पुगेको थिएन । टुकी र लाल्टिनको मधुरो उज्यालोमा अभ्यस्त गाउँले आँखालाई मेन्टलको झलमल अहिले सहरतिर चोकमा लगाइएका हाइमास्ट बत्तीभन्दा बढ्दा चम्किला लाग्थे । गाउँले शैलीका ठूलै स्टेजमा नाटक, नृत्य, प्रहसन लगायत प्रस्तुति हुन्थे ।
परम्परागत पहिरनमा कलाकारहरू सजिएका हुन्थे । क्षमता भएका दर्शकहरूले समेत आफ्नो क्षमता देखाउन पाउँथे । खासगरी सायरी, गजल, कविता, चुटकिला दर्शकका तर्फबाट गुञ्जिन्थे । मन परेको प्रस्तुतिमा फर्माइस् गरेर पैसा पुरस्कार दिइन्थ्यो । उद्घोषकले फर्माइस् गर्नेको नाम पुकार्दा सम्बन्धित नजिककाले कोकोहोलो गरेर हुटिङ गरेर वातावरण झन् रोमाञ्चित बनाउँथे ।
बिहान ४ बजेसम्मै यस्तो कार्यक्रम चल्थ्यो । कार्यक्रम स्थलमा पाँच–छ किलोमिटर टाढाबाट समेत मानिस ओइरिएका हुन्थे । पैदल, साइकल, गोरुगाडा, जोसँग जे जुट्छ त्यही साधन प्रयोग गरेर गाउँलेहरू कार्यक्रम हेर्न पुग्थे । जमिनदारहरूका खेत जोत्ने ट्याक्टर भाडामा लिएर सामान बोक्ने ट्रलीभरि मानिस खाँदिएर ओसार्ने पनि हुन्थे ।
२०५२ सालमा माओवादीले हिंसाको राजनीति सुरु गरेपछि डरले गाउँमा रमाइला कार्यक्रम हुनै छाडे । माओवादी कार्यकर्ता, प्रहरी र बेलाबेलामा झुल्किने सेनाको डरले मानिस थुरथुर भए । त्यसपछि कसैले यस्ता कार्यक्रम गर्ने आँट गरेनन् । पछिपछि माओवादी र सरकारी तहबाटै यस्ता कार्यक्रम गर्न नपाइने उर्दी जारी गरियो ।
गाउँमा रातभर मेला लागेको जस्तो उत्सव हुन्थ्यो । जेरी, पकौडाको हरर बास्ना आउँथ्यो, चियानास्ता बेच्नेहरूको भ्याइनभ्याई हुन्थ्यो । गाउँको सिजन अनुसारको फलफूल बेच्न राखिन्थ्यो । अचेल काठमाडौंको ठमेल, पोखराको लेकसाइड रातभर नाचगानमा झुमे झैं त्यसबेला लामो सामूहिक तयारीपछि कहिलेकाँही हुने यस्ता माहोलमा गाउँ झुम्थ्यो । चर्को साउण्ड स्पिकर र वत्तीको उज्यालो चमकले आसपासका गाउँसम्म धमाका महसुस हुन्थ्यो ।
कलाकारहरूले फर्माइस्का नाममा टन्नै टिप्स पाउँथे । फर्माइस्मा धेरै पैसा दिनेको शान बढ्थ्यो । उद्घोषकले भन्थे– ‘भरखरै प्रस्तुत नृत्य मन पराएर बर्दिया जिल्ला, गोला गाउँविकास समितिको वार्ड नम्बर ९ बस्ने श्री देवी चौलागाईंले नगद रु. १०० रुपियाँ प्रदान गर्नु भएको छ । उहाँलाई मुरीमुरी धन्यवाद !’
उमेरको चापसँगै त्यो रहरी पुस्ता जिम्मेदारीले थिचिइसकेको थियो । नयाँ पुस्ताले उनीहरुको कला र संस्कृतिको प्रस्फुटन देख्नै पाएन । अनि सिक्नै पाएन । विस्तारै गाउँमा बक्ती पुग्यो, नजिकका सहरमा सिनेमा हल थपिए ।
एक सय रुपैयाँ उदाहरण हो । ३०/३५ वर्ष अघि ५० रुपैयाँ दिन हुनेखाने नै चाहिन्थ्यो । १०/२० रुपैयाँ पनि ठूलै हुन्थ्यो । मानिसले इच्छा र गच्छेअनुसार यस्तो टिप्स दिन्थे । शान देखाउन गच्छेभन्दा बढी दिने पनि हुन्थे ।
बर्खामा पानी पर्ने हुनाले बाटोघाटो, कार्यक्रम स्थल व्यवस्थापनलगायतको असहजता हुन्थ्यो । त्यसैले यस्ता कार्यक्रम वर्षा सकिएदेखि अर्को वर्षा सुरु हुनु अघिको बीचका महिनासम्म मात्र आयोजना गरिन्थे ।
उमेर पुगेका तरुनातरुनीहरूको गज्जबको डेटिङ उत्सव जस्तो हुन्थ्यो यस्तो अवसर । घरबाहिर राति निस्कन पाउने योभन्दा अर्को सही मौका उनीहरूका लागि हुन्थेन । आफ्नो मन परेको जोडीसँग रमाइलो माहोलमा सहभागी हुने, दुःखसुख निस्फिक्री आदानप्रदान गर्ने र सँगै लामो समय बिताउन पाउने मौका हुन्थ्यो यस्तो साँझ ।
२०५२ सालमा माओवादीले हिंसाको राजनीति सुरु गरेपछि डरले गाउँमा रमाइला कार्यक्रम हुनै छाडे । माओवादी कार्यकर्ता, प्रहरी र बेलाबेलामा झुल्किने सेनाको डरले मानिस थुरथुर भए । त्यसपछि कसैले यस्ता कार्यक्रम गर्ने आँट गरेनन् । पछिपछि माओवादी र सरकारी तहबाटै यस्ता कार्यक्रम गर्न नपाइने उर्दी जारी गरियो ।
एक दशकभन्दा बढी समयपछि माओवादी शान्ति सम्झौतामा आयो । अनि गाउँमा शान्ति त छायो तर यस्तो माहोल फकिएन । समय फेरियो । अघिल्लो पुस्ता पाको भयो ।
उमेरको चापसँगै त्यो रहरी पुस्ता जिम्मेदारीले थिचिइसकेको थियो । नयाँ पुस्ताले उनीहरुको कला र संस्कृतिको प्रस्फुटन देख्नै पाएन । अनि सिक्नै पाएन । विस्तारै गाउँमा बक्ती पुग्यो, नजिकका सहरमा सिनेमा हल थपिए । बत्ती पुग्दा टीभीको पहुँच बढ्यो । हुँदै जाँदा पुरानो मनोरञ्जनको त्यो उत्सव पुरानो पुस्ताले पुनर्जागरण गर्न सकेन अनि नयाँ पुस्ताले देख्न सिक्न नपाएर विस्तारै हराउँदै र बिर्सँदै गयो ।
त्यसपछि यस्ता मौलिक कार्यक्रम फेरि फर्किएनन् । वर्षौं रोकिएका थारु सांस्कृतिक नाचगान त सुरु भए । तर, गाउँमा थारु समुदायको मनोरञ्जनको एउटा ठूलो परम्परा थला पर्यो । अनि आम समुदायको गाउँको रमाइलो रात्रि जीवनको एउटा उत्सव खोसियो । रैथाने थारु समुदाय यसबाट बन्चित भएसँगै अन्यत्रबाट बसाइँ सरी आएका पहाडीसमेत अन्य समुदाय पनि सामेल हुन पाएको मनोरञ्जनको पुरानो परम्परा पनि रोकियो ।
यसरी गाउँको मनोरञ्जनको एउटा बहाना मात्र खोसिएन, गाउँले प्रतिभाहरूको एउटा साझा चौतारी पनि उजाडियो । लुकेको प्रतिभा पहिल्याउने, निखार्ने र दर्शकका सामु पस्किने अवसरबाट एउटा पुस्ता नै विमुख भयो । त्यससँगै बाँकी पुस्ताका लागि पनि यो इतिहासजस्तो भयो ।