देशभरको मतपरिणाम अपेक्षा अनुसार छैन: नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट बाँके निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित मोहम्मद इश्तियाक राईले जनताको विश्वासलाई कमजोर हुन नदिने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज नेपालगञ्जका आमजनतालाई सम्बोधन उनले देश र जनतालाई केन्द्रमा राखेर जनहित र समृद्ध मुलुक निर्माणमा सकारात्मक काम गर्ने प्रतिबद्धता जनाए ।

​​​​​नवनिर्वाचिन सदस्य राईले भने, ‘मुलुकभरको पछिल्लो मतपरिणाम पार्टीले गरेको अपेक्षा अनुसार नभएको अवस्थामा बाँके-२ का जनताले आफूलाई जिताउनु भनेको यो क्षेत्रको समग्र विकासप्रति जनताको विश्वास हो, मैले यो विश्वासलाई कमजोर हुन दिनेछैन ।’

उनले जनता समक्ष गरेका सबै प्रतिबद्धता क्रमशः पूरा गर्दै जाने बताउँदै विकासका बाँकी कामलाई पनि निरन्तरता दिने उल्लेख गरे ।

राईले २४ हजार ६२८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विवेक कुमार श्रेष्ठले १८ हजार ६८२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका प्रवक्ता लालबहादुर कार्कीले जानकारी दिए । 

Share News