कैलाली-३ मा रास्वपाका जगतप्रसाद जोशी विजयी

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी निर्वाचित भएका छन् ।

जोशीले २० हजार ३५९ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी भीम बडुवालले ९ हजार ७०६ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपाका उम्मेदवार वीरमान चौधरीले ११ हजार ९८३ मत ल्याएका छन् भने नेकपा एमालेका गौरीशंकर चौधरी ४ हजार ७५२ मतसहित पछि परेका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का विक्रम चौधरीले ६ हजार ७४७ मत प्राप्त गरेका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र समाजवादी पार्टी (राप्रसप) का वीरेन्द्रबहादुर बमले २ हजार ३४७ मत प्राप्त गरेका छन् ।

अन्तिम मतपरिणामसँगै कैलाली-३ मा रास्वपाका जोशी विजयी भई प्रतिनिधिसभामा पुग्न सफल भएका छन् ।

Share News