दैलेख-२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी, एमालेको जित सङ्ख्या तीन पुग्यो

काठमाडौं । दैलेख क्षेत्र नम्बर- २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् । 

अन्तिम मतपरिणाम अनुसार पोखरेलले आफ्ना निकटतम प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । 

पोखरेलले कुल १३ हजार ८८९ मत प्राप्त गरी विजयी भएका हुन् ।

नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बखतबहादुर शाहीले ६ हजार ७९७ नेकपाका योगेन्द्रबहादुर शाहीले ३ हजार ८५१, नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले १ हजार ५१२ मत प्राप्त गरे ।

लक्ष्मीप्रसाद पोखरेलको यो जितसँगै प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेको विजयी संङ्ख्या तीन पुगेको छ ।

यसअघि एमालेले बाँके-२ र बझाङ-१ मा जित हासिल गरिसकेको छ।
 

Share News