काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपक बोहोरा विजयी भएका छन् । उनले ३३ हजार ९५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी) ले १० हजार ८२७ मत, नेकपा (एमाले) का बचनबहादुर सिंहले ६ हजार ४१८ मत, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का माधवप्रसाद पन्तले छ हजार ३३७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तिर्थराज चटौतले एक हजार ९९३ मत प्राप्त गरे ।