काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा नेकपा उम्मेदवार रेनु दाहालले कामबाट जनताको मन जिते पनि मत जित्न नसकेको बताएकी छन् ।
उनले सामाजिक सञ्जालमा एक स्टास राख्दै सो कुरा बताएकी हुन् । सामाजिक सञ्जालमार्फत उनले रास्वपा उम्मेदवार सोविता गौतमलाई फेसबुकमार्फत् बधाईसमेत दिएकी छिन् ।
सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘मैले कामद्वारा तपाईंहरुको मन त जितेँ तर मत जित्न सकिनँ । मत जित्ने सोविता गौतमलाई धेरै धेरै बधाई भन्न चाहान्छु ।’
सामाजिक सञ्जालमा दाहालले झन्डै ३० वर्षे राजनितिक जिवनकालमा भरतपुरमा आफ्नो जीवनको उर्जाशील ९ वर्ष यस ठाउँको विकास, समृद्धि र सुशासनका लागि समर्पित गरेको उल्लेख गरेकी छिन् । त्यस्तै उनले १५ महिना नगर प्रमुखको कार्यकाल बाँकी छँदै बाहिरिएर प्रतिनिधिसभा निर्वाचन चितवन ३ बाट उम्मेदवारी दिएर निर्वाचनमा होमिएकी बताएकी छिन् ।
सामाजिक सञ्जालमा जनताको साथमा निरन्तर रहने उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्, ‘चितवनबासीको हक हित, विकास र समृद्धिका लागि भने म निरन्तर साथमा हुनेछु ।’