रौतहट । रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । उनी २८ हजार ९४६ मतसहित विजयी भएका हुन् ।
नेकपा एमालेका अजय गुप्ता १० हजार ६९३ मत ल्याएर दोस्रो भए । नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ८ हजार ५७४ मत ल्याएर तेस्रो भएका छन् ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने ७ हजार ६६९ मत प्राप्त गरी चौथो स्थानमा सीमित भए ।