प्रतिनिधिसभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा  हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् ।  

निर्वाचन आयोगका अनुसार काठमाडौं– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी छन् । साथै मोरङ–६ मा रास्वपाका रुविना आर्चाय ५५ हजार ५१३ मत, कास्की–३ मा रास्वपाका बिना गुरुङ ३७ हजार ७५० मत र कैलाली–१ रास्वपाका कोमल ज्ञवाली १७ हजार ८२६ मत प्राप्त विजयी भएका छन् । दैलेख निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले १२ हजार ३७२ मतप्राप्त गरी विजयी भएका छन् ।
 
जारी मतगणनामा रास्वपाकी सोविका गौतम (चितवन–३), डा तोसिमा कार्की (ललितपुर–३), इन्दिरा थापामगर (झापा–२), निशा डाँगी (झापा–१), नीतिमा भण्डारी (सर्लाही–१), आशिका तामाङ (धादिङ–१),पुष्पाकुमारी चौधरी (सप्तरी –१) र गौरी कुमारी (महोत्तरी चार)मा अग्रस्थानमा रहेका छन् ।
 
आयोगका अनुसार हालसम्म ४५ स्थानमा नतिजा सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कूल १६५ निर्वाचन क्षेत्रमध्ये हाल ११८ स्थानमा मतगणना जारी छ ।

Share News