गुल्मी–२ मा रास्वपाका गोविन्द पन्थी विजयी


काठमाडौं । गुल्मी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोविन्द पन्थी विजयी भएका छन् । पन्थी १६ हजार ९ सय ६७ मतसहित विजयी भएका हुन् ।

नेकपा एमालेका गोकर्ण विष्ट १६ हजार ४ सय ६ मतसहित पराजित ।

त्यस्तै, कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १४ हजार ४ सय ३४ मत ल्याएका छन् भने नेकपाका श्रीराम महतले ३ हजार ८१ मत प्राप्त गरेका छन् । 
 

Share News