बालेनले ओलीसँग ३८ हजार ६५ ले बढाए मतान्तर

काठमाडौं । झापा- ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् । उनले ३८ हजार ६५ मतले मतान्तर बढाएका हुन् । शाहले ५२ हजार ९६ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका केपी शर्मा ओलीले १४ हजार ३१ मत पाएका छन् भने श्रम संस्कृतिका समीर तामाङले ८ हजार ८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका मन्धरा चिमरियाले १ हजार ४१७ मत पाउँदा नेकपाका रन्जित तामाङले १ हजार १७६ मत पाएका छन् ।

Share News