महोत्तरी–१ मा रास्वपाका प्रमोदकुमार महतो विजयी

काठमाडौं । महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रमोदकुमार महतो निर्वाचित भएका छन् ।

महतोले ३४ हजार ६२६ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार गिरिराजमणि पोखरेलले १२ हजार ६३२ मत प्राप्त गरे । त्यसैगरी नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीले ६ हजार ५९० मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार मुकेशराज काफ्लेले ४ हजार ३६१ मत प्राप्त गरेका छन् ।  

Share News