स्याङ्जा–१ मा रास्वपाका रेग्मी विजयी

वालिङ । स्याङ्जा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनञ्जय रेग्मी विजयी भएका छन् । 

शनिबार बिहान सम्पन्न अन्तिम मतगणनाबाट रास्वपा उम्मेदवार रेग्मीले २९ हजार ७१ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । 

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकाल १० हजार २१४ मतान्तरले पराजित भए । उनले १८ हजार ८५७ मत प्राप्त गरे । नेकपा (एमाले) का मीनप्रसाद गुरुङ तेस्रो भएका छन् । उनले १६ हजार ८०४ मत प्राप्त गरेका हुन् । 

स्याङ्जा क्षेत्र नं १ मा ७० हजार ९४४ मत खसेको थियो । जसमध्ये ६८ हजार ३६ मत सदर हुँदा दुई हजार ९०८ मत बदर भएको थियो ।   

Share News