सर्लाही क्षेत्र नं ४ मा रास्वपाका सिंहको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत मधेस प्रदेशको सर्लाही क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह अग्रस्थानमा रहेका छन् ।    

निर्वाचन आयोगका अनुसार सिंहले ६ हजार २६४ मत ल्याएका छ भने नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले तीन हजार ६७१ मत प्राप्त गरेका छन् ।     

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अमनिशकुमार यादवले ८९४, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का रजनीस रायले ३७७ र जनमत पार्टीका राकेशकुमार मिश्रले ३८२ मत प्राप्त गरेका हुन् ।
 

Share News