मोरङ- ६ मा रास्वपाकी आचार्य भारी मतान्तरले अगाडि

काठमाडौं । मोरङ- ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रुबिना आचार्य नेपाली कांग्रेसका डा. शेखर कोइरालासँग भारी मतान्तरले अगाडि छिन् ।

आचार्यले १६ हजार ८२३ मत प्राप्त गर्दा कोइरालाले ३ हजार ९५५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेकपा एमालेका विनोद ढकालले २ हजार ९४५, अञ्जुलीमा माटो चिन्हका उम्मेदवार मातृका पौडेलले २ हजार ६९०, हलोका उम्मेदवार ५९९ र तारा चिन्हका उम्मेदवार ओपेन्द्र कुमार रायले ४४२ मत प्राप्त गरेका छन् ।

Share News