काठमाडौं । प्रतिनिधिसभा निर्वाचन काठमाडौं-८ बाट विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी भएका हुन् । उनले २४ हजार ५९२ मत पाएर विजयी भएका हुन् ।
२०७९ को चुनावमा पनि उनी सोही क्षेत्रबाट विजयी भएका थिए । त्यसअघि उनी बागमती प्रदेश सभाका सदस्यका रुपमा पनि काम गरिसकेका छन् । २०७४ सालको प्रदेशसभा निर्वाचनमा तत्कालीन विवेकशील साझा पार्टीबाट श्रेष्ठ समानुपातिक पद्धतिबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
विराजले काठमाडौंमा भएको गुठी विधेयक विरुद्धको आन्दोलन, अकुपाई टुँडिखेल लगायतका आन्दोलनको नेतृत्व गरेका थिए । प्रदेश र संघीय सदनमा हुँदा पनि चर्को आवाजमा नागरिकको आवाज उठाउँदै आएका थिए ।