धादिङ-१ मा रास्वपाकी आशिका तामाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार आशिका तामाङले अग्रता कायमै राखेकी छन् ।

हालसम्म गणना भएका मतमध्ये तामाङले ५ हजार ३०९ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका भूमि त्रिपाठीले २ हजार ६२४ मत पाएका छन् । 

यस्तै, नेपाली कांग्रेसका कृष्ण आचार्यले १ हजार ४५३ मत पाएका छन् भने नेकपाका राजेन्द्र पाण्डे १ हजार ६५ मत पाएका छन् । 

Share News