पर्वत । पर्वत–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर भुसालले सुरुवाती अग्रता लिएका छन् । पछिल्लो मतगणना अनुसार उनले २ हजार २८३ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पदम गिरीले एक हजार २८० ल्याएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले एक हजार २०३ मत ल्याएका छन् । नेकपाका मनहरि शर्माले २३१ मत प्राप्त गरेका छन् ।