बैतडीमा मतगणना सुरु

काठमाडौं । बैतडी जिल्लामा सम्पन्न निर्वाचनको मतगणना सुरु गरिएको छ । 

मतदान केन्द्रबाट संकलित मतपेटिका कडा सुरक्षा व्यवस्थाका बीच जिल्ला सदरमुकाम गढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएपछि मतगणना प्रक्रिया थालिएको हो । 

मतगणना सिगास गाउँपालिकाबाट सुरु भएको बताइएको छ । बिहीबार भएको मतदानमा ७३ हजार १४८ मत मत खसेको थियो । 

प्रतिनिधि सभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना चुनावी मैदानमा रहेका छन् । 

Share News