धादिङ । धादिङ- १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आशिका तामाङ दोब्बर मतले अगाडि छिन् । पछिल्लो मत परिणामअनुसार उनी २ हजार २२३ मतले अगाडि छिन् । उनले हालसम्म कुल ४ हजार ३१७ मत प्राप्त गरेकी छिन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेका भूमि त्रिपाठीले दुई हजार ९४ मत ल्याएका छन् ।
तेस्रोमा नेपाली कांग्रेसका कृष्ण रिजालले एक हजार १८६ र नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्र पाण्डेले एक हजार १२४ मत प्राप्त गरेका छन् ।