काठमाडौं । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा ५ निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । कञ्चनपुरका तीन क्षेत्र र कैलालीका २ क्षेत्रमा मतगणना भइरहेको हो ।
जारी मतगणनामा कञ्चनपुरका सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अघि छन् भने कैलालीका दुईमध्ये एक एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता रहेको छ ।
जसमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ भने क्षेत्र नम्बर २ मा दीपक बोहरा र ३ मा ज्ञानेन्द्र सिंह महता अग्रस्थानमा रहेका छन् ।
यस्तै कैलाली-१ मा कांग्रेस उम्मेदवार जनक चौधरी अघि छन् भने क्षेत्र नम्बर ५ मा रास्वपाका आनन्द बहादुर चन्दले अग्रता बनाइरहेका छन् । सुदूरपश्चिम प्रदेशका १६ मध्ये ५ निर्वाचन क्षेत्रमा मतगणना भइरहेका बेला अन्य क्षेत्रमा मतगणनाको तयारी भइरहेको जनाइएको छ ।